भर्खरै

सल्यानको बरेङ गाउँपालिकामा पहिलो पटक बिजुली

  • प्रकाशित मिति : Mon-01-Mar-2021
  • - विद्युत संसार संवाददाता
title
बागलुङ, फागुन । बागलुङको सल्यान गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ ।
 
भौगोलिकरूपमा विकट रहेको सल्यानको बरेङ गाउँपालिका वडा नं ४ मा नेपाल विद्युत प्राधिकरणले पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुर्याएको हो । 
विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको ४५ लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी बरेङ गाउँपालिकाको ४ नम्बर वडामा विद्युत सेवा पु¥याएको वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । उनले भने विद्युतीकरण विस्तारपछि गाउँका १ सय २५ घरधुरी प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । प्राधिकरणले मिटर खरिद  गर्न नसक्ने सोही गाउँका ११ विपन्न परिवारलाई निःशुल्क मिटर समेत वितरण गरिएको छ । हालसम्म त्यहाँ स्थानीयहरुले लघु जलविद्युतबाट सेवा दैनिकी चलाइरहेका थिए ।
प्रमुख गोशालीले भने दुर्गम गाउँमा पूर्ण विद्युतीकरण विस्तार गरेर विद्युत सेवा पुगेपछि स्थानीयहरुको मुहारमा खुसी छाएको छ, ‘विपन्न परिवारलाई पनि निशुल्क मिटर दिएर विद्युत सेवा उपयोग गर्ने सक्ने गरी सहयोग गरेका छौं ।’ 
 
गाउँका स्थानीयबासी विद्युत सेवा पुगेकोमा खुसी व्यक्त गर्दै अब भने हामी अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताएका छन् । विगतका दिनमा आर्थिक संकटकै कारण यहाँका स्थानीयहरु विद्युत सेवाबाट वञ्चित हुनु परेको थियो । 
गाउँमा विद्युत पुगेपछि अब मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टिभी हेर्न, विद्यार्थीलाई पठन पाठन गर्न सहज भएको स्थानीयहरुको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago