भर्खरै

सुपर त्रिशूलीमा स्वदेशी ७ वटा बैंकले लगानी गर्ने सम्झौता

  • प्रकाशित मिति : शुक्र, फागुन १४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, फागुन । एक सय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनामा ७ वटा  स्वदेशी बैकले लगानी गर्ने भएको छ ।  
गोरखा र चितवन जिल्लाको सीमानामा पर्ने त्रिशूली नदीमा ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा बैकहरुले ऋण लगानी गर्ने सम्झौता भएको हो । 
नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार आयोजनामा नेपाल इनभेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबिआई र नबिल बैंक रहेका छन् । सबै बैकले रु. १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्ने उल्लेख गरिएको छ ।
आयोजनाको कूल लागत रु.१६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएकोमा बैंकले गर्ने लगानी ७५ प्रतिशत हो । प्रवद्र्धक कम्पनीले ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी गर्नेछ ।
स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।
 
यो आयोजना सरफ समूहको लगानीमा निर्माण हुन लागेको हो । लगानी जुटिसकेकाले २०७८ सालको मध्यदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरिने कम्पनीका प्रबन्ध निर्देशक बरुण सरफले बताए । उनले आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रोमेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ ।
आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भइसककेको छ । निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत मार्किचोक सबस्टेसनमा लगेर जोडिनेछ ।
सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago