भर्खरै

सरकारको प्राथमिकतामा औद्योगिक क्षेत्र, प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना हुदै

  • प्रकाशित मिति : बुध, फागुन १२, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं फागुन । सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर यसै सातामा देशकै ठूला औद्योगिक क्षेत्रहरुको शिलान्यास  गर्दैछ । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र शिलान्यास सँगै निर्माण सुरु गरिने भएको हो । 
 
औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार पार्ने लगायत पूर्वतयारी पूरा भएको छ ।
सोही अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । ९ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उत्पादनमुखी गरी १ सय २२ भन्दा बढी उद्योग स्थापना हुनेछन् । सरकारले खानेपानी तथा बिजुली सहुलियत दरमा उपलब्ध गराउनेछ । 
 
दैजी–छेला औद्योगिक क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यत्य रुपमा २२ हजारलाई रोजगारी दिने छ । विस्ततृ परियोजना प्रतिवेदन तयार गर्नेमा उद्योग स्थापनाका लागि आशयको पत्र माग गर्दा ३५० वटा आशय पत्र प्राप्त भएको छ । आयोजना पूवार्धार निर्माण गर्न आर्थिक वर्ष २०७७/७८ देखि पाँच वर्षसम्ममा सम्पन गर्ने लक्ष्य रहेको छ । 
 
 
त्यस्तै हिजो मंगलवार बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको उद्घाटन संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन् । नेपाल सरकारबाट २०७२ चैत्र १ गते घोषणा भए अनुसार हिजो मंगलबार शिलान्यास गरेका हुन सो औद्योगिक क्षेत्रको क्षेत्रफल ३३८ विगाह रहेकोमा औद्यौगिक प्लट संख्या १११ रहेका छन् भने रोजगारी उपलब्ध हुने अनुमानित संख्या २० हजार रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
अन्य औद्योगिक क्षेत्रको यसै हप्तामा शिलान्यास गर्ने योजना रहेको छ जसअनुरुप  झापाको दमकमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्कको १६ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास १३ फागुनमा गर्ने तय भएको छ  । मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्रको १४ फागुनमा शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नेतय भएको कम्पनीले जनाएको छ ।
 
मयूरधाप औद्योगिक क्षेत्र नेपाल सरकारकोे निर्णय अनसार आयोजना स्थल हेटौडा उपमहानगर पालिकामा निर्माण हुने आयोजनाको क्षेत्रफल १३४.८६ हेक्टर (१९९.१२ बिगाह) रहेकोमा ६२ वटा औद्योगिक प्लट बन्ने छ । परियोजनाको कुल लागतः रु. ७.०२ अर्ब रहेको छ । सो औद्योगिक क्षेत्रमा अनुमानित प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने छन् । त्यस्तै मोतीपुर औद्योगिक क्षेत्र नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ चैत्र ०१ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको साविक बुटवल नगरपालिकमा ९४६.४६ बिगाहामा मोतिपर औद्योगिक क्षेत्र निर्माण हुनेछ । 
 
सो औद्योगिक क्षेत्रमा अनुमानित प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३० हजारले रोजगारीको पाउने छन् । आयोजनाको विस्ततृ अध्ययन प्रतिवेदन (म्एच्) अनुसार कुल लागत रकम रु.१२ अर्ब रहेको छ । 
हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र रहेका छन् । धनकुटा र राजविराजका बाहेक सबै औद्योगिक क्षेत्र पूर्ण क्षमतामा सञ्चालनमा छन् । यसअघि २०७१ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारेका थिए । त्यसपछि, तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत एक प्रदेश एक ठूला औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेका थिए ।
 
त्यसयता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रका लागि जग्गा जुटाउने, डिपिआर बनाउने तथा इआइए गर्नेलगायत काम गर्दै आएको छ । सरकारको नीतिअनुसार प्रदेश एक, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्र निर्माण अघि बढाउन लागेको हो । 
दुई नम्बर प्रदेश र गण्डकी प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माणको क्षेत्र पहिचान गरेर सम्भाव्यता अध्ययन भईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago