भर्खरै

माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले गरे ऋण लगानी

  • प्रकाशित मिति : मंगल, फागुन ११, २०७७
  • - Admin
title
काठमाडौं, फागुन । ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन् ।
 
दुई वाणिज्य बैंकहरुले सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्नेगरी सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ रहेको छ ।  
 
उक्त जलविद्युत् आयोजना संखुवासभा जिल्लाको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण हुुँदैछ ।
 
आयोजनाको कम्पनी माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता २०७५ चैत १२ गते भएको थियो ।
उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साउन ९ गते विद्युत उत्पादन अनुमति प्राप्त भएको छ ।
माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायतले प्रवर्धन गरेका छन् । माबिलुङ्गका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् । आयोजनामा कुल लागतको ७० प्रतिशत बैंकहरूको (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी  समान) रहनेछ ।
उक्त आयोजनाको लागि लक्ष्मी बैंकको ३९ करोड ९९ लाख, माछापुच्छ्रे बैंक लि.को २५ करोड ६० लाख ऋण लगानी रहेको छ । 
 
उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले करिब २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना फेब्रुअरी २०२२ मा सञ्चालनमा आउने बताइएको छ । सेतोपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago