भर्खरै

यी शहरहरुबाट फाइभजी परिक्षण गर्दै टेलिकम

  • प्रकाशित मिति : मंगल, फागुन ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, फागुन । नेपाल टेलिकमले द्रुतगतिको मोबाइल इन्टरनेट सेवाको लागि फाइभजी परिक्षण गर्ने तयारी गरेको छ । 
टेलिकमले सुरुमा देशका ४ ठूला शहर काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जबाट फाइभजी परीक्षण गर्ने तयारी गरेको हो । 
नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाका अनुसार व्यावसायिक सम्भाव्यताको अध्ययनका लागि आन्तरिक तयारी अघि बढाएको बताउँदै अब टेलिकम फाइभजी फ्रिक्वेन्सी निर्धारणको पर्खाइमा रहेको बताए । 
फ्रिक्वेन्सी निर्धारण भई निर्देशन आएसँगै  टेलिकम फाइभजी सेवाको परीक्षणका लागि तयारमा लाग्ने उनको भनाई छ ।  
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी पहिचान गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति समक्ष सिफारिस गरिसकेको छ । फ्रिक्वेन्सी पहिचानका लागि राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरी उक्त फोरमले फाइभजी फ्रिक्वेन्सीका लागि प्राधिकरणलाई सिफारिस गरेको थियो ।
 
उक्त सिफारिसको आधारमा प्राधिकरण बोर्डले निर्णय गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरेको हो । प्राधिकरणले ७००, ९००, २६००, ३३००, ३६००,४३०० र २६ गिगाहर्ज ब्यान्डमा फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने गरी समितिलाई सिफारिस गरेको छ ।
 
अब सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने उक्त समितिले प्राधिकरणले गरेको सिफारिसका आधारमा आवश्यक अध्ययन गरी निर्णय गर्ने टेलिकमले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पनि फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिने बताएका छन् ।
यसअघि नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि ¥यान नेटवर्क विस्तारतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र कोर नेटवर्क विस्तारको जेडटीईसँग सम्झौता गरेको गरेको थियो । उक्त सम्झौता अनुसार यी दुई चिनियाँ कम्पनीले क्रममा पाँच शहरमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने शर्त समेत रहेको छ ।
 
सोही सर्तका आधारमा अब उक्त जिल्लाहरुमा फाइभजी परीक्षणको तयारी अघि बढेको हो । 
यसअघि प्राधिकरणले सेवा प्रदायकले फाइभजी परीक्षण गर्दा ग्राहकलाई निःशुल्क रुपमा फाइभजी अनुभव लिने अवसर प्रदान गर्नुपर्ने खालको प्रावधान समेत अघि बढेको थियो ।
 
प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन पाउने गरी फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पठाइसकेकोले फाइभजी सेवा परीक्षण गर्दा सेवाप्रदायकले ग्राहकबाट शुल्क लिन नपाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago