भर्खरै

दोर्दी–१ जलविद्युत् आयोजनाले आगामी वैशाखदेखि बिजुली उत्पादन थाल्ने

  • प्रकाशित मिति : सोम, फागुन १०, २०७७
  • - Admin
title
फागुन १०, लमजुङ । लामो समय कोभिडले प्रभावित बनेको लमजुङको दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महीनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । 
 
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महीनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।
 
उनले भने, ‘कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगे पनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्छौ ।’ आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण कार्य सम्पन्न गर्दै बाँकी पनि सम्पन्न गर्न कामलाई तीव्रता दिँदै आएको उनको भनाइ छ । गत चैत महीनामै बिजुली उत्पादन गर्ने आयोजनाले जनाए पनि विविध कारणले निर्माण अवधि बढेको आयोजनाले जानकारी दिएको छ । 
 
यस आयोजनाको दुई हजार ५१५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भएको आयोजनाले जानकारी दिएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७०० मिटर पेनस्टक पाइपमध्ये १५० मिटर पाइप जडान हुन बाँकी रहेको आयोजना प्रमुख सिलवालले बताए । 
 
आयोजना आफैँले सव स्टेसनसम्म आवश्यक पर्ने साढे तीन किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सव स्टेसनमा जोडिने छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी छ । 
 
त्यस्तै, पावर हाउसमा मेसिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रु दुई अर्ब २९ करोडको लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महीनामा सक्ने आयोजनाको लक्ष्य थियो । 
 
तर अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।
 
त्यस्तै यस आयोजना अघि यस दोर्दी कोरिडोरमै निर्माणाधीन दुई आयोजनाले आगामी चैत महीनाभित्रै बिजुली उत्पादन गर्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् र लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । 
 
यस जिल्लाबाट चैत महीनामा यी दुई आयोजना गरी ५२ मेगावाट बिजुली उत्पादन भएसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago