भर्खरै

व्यवसायीले सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय छ : महामन्त्री कोईराला

  • प्रकाशित मिति : आईत, फागुन ९, २०७७
  • - विद्युत संसार
title
नवलपुर, ९ फाल्गुन ।  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको विद्युत व्यवसायी संघले सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताएका छन् । नवलपुरको कावासोतीमा शनिबार भएको नवलपुर विद्युत व्यवसायी संघको दोश्रो वार्षिक साधारण सभा कार्यक्रममा आफ्ना भनाईहरु राख्दै  महामन्त्री  कोइरालाले  बिद्युत व्यवसायीहरुको हकहितका लागि गरेको कार्य प्रशंसनिय भएको चर्चा गर्दै आफुले पनि यस क्षेत्रलाई बिकासका दृष्टिकोणले नमुना जिल्ला बनाउन लागि परेको बताएका हुन । 
 
 विद्युत व्यावसायीहरुको पेशागत हकहितका लागि काम गर्दै आएको नवलपुर विद्युत व्यवसायी संघको दोश्रो वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै प्रदेश सभासद तथा नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद लामिछानेले स्मार्ट सिटी निर्माणको अवधारण आइरहेकाले विद्युत व्यवसायीहरुको क्षेत्र अझै फराकिलो हुँदै गएकोमा बिद्युत ब्यवसायिहरुले गुणस्तरीय सामानमा जोड दिन समेत आग्रह गरे ।
 
साधारण सभा कार्यक्रममा नेपाल विद्युत महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले संघले व्यवसायिक हकहित र सामाजिक कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेको बताए । विद्युत व्यवसायीहरुको पेशा सम्मानित पेशा भएको बताउँदै उनले जिल्ला संघको कार्यालयका लागि जिल्लामा रहेका सरोकारवालाहरुसँग छलफल गरि आफ्नै जग्गासहितको भवनकालागि पहल गर्न सुझाव दिएका थिए ।
 
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण नवलपुरका प्रमुख मधुसूदन यादव, संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सभासद ओमकला गौतम, उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष ओमप्रसाद पौडेल, समाजसेवी एवं राजनीतिज्ञहरु मदनभक्त अधिकारी, कमल पराजुली, गजेन्द्र आले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago