भर्खरै

करेन्ट लागेर युवकको मृत्यु

  • प्रकाशित मिति : आईत, फागुन ९, २०७७
  • - Admin
title

डोल्पा ९ फागुन । मुड्केचुला गाउँपालिका–४ का एक युवकको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ ।
 
त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँमा ससुराली गएका बेला  २२ वर्षीय वीरेन्द्र बुढा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु  पाण्डेले करेन्ट लागेर मृत्यु भएका बुढाको पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको बताए ।
 
बिजुलीको पोलमा आफैँ चढेका बेला करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
-गोरखापत्र

प्रतिक्रिया