भर्खरै

लघु जलविद्युत् आयोजना अन्तिम चरणमा, ६५० घरधुरी उज्यालो बन्दै

  • प्रकाशित मिति : बिही, फागुन ६, २०७७
  • - विद्युत संसार संवाददाता
title
कालीकोट, फागुन । कालीकोटको शुभकालिका गाउँपालिका–७ र ८ मा निर्माण गरिएको भलेटागाड लघु जलविद्युत आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । 
 
शुभकालिका गाउँपालिका–७ र ८ का लागि साना खोलाबाट निकालिएको ३८ किलोवाटको आयोजना अन्तिम चरणमा पुगेको हो । 
विद्युत् उत्पादनको जिम्मा लिएका जयबहादुर महताराले आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेको बताउँदै बिजुलीले गाउँ झिलिमिली हुने तर्खरमा रहेको बताए ।
आयोजनाको काम २०७० सालमा सुरु भएता पनि रकम अभावले रोकिएको उनको भनाई छ । 
उनका अनुसार सुरुमा दुई समिति बने पनि काम गर्न सकेका थिएनन् तर अहिले पोल गाड्ने, तार तान्नेलगायतका काम भइरहेको उनले बताए । सुरुको प्राविधिक प्रतिवेदन अनुसार दुई करोड ४८ लाखमा आयोजना सम्पन्न हुनुपर्नेमा त्यसले नपुगेपछि शुभकालिका गाउँपालिकाको ३० लाख, गत वर्षको प्रदेश सरकारको ५१ लाख ९० हजार, गरिबी निवारण कोषको २८ लाख २८ हजार र बाँकी एक करोड १५ लाख ९० हजार वैकल्पिक ऊर्जाको बजेट खर्च प्रदेश सरकारसँग मागिएको छ ।
 
आयोजनाले दुईवटा वडाका ६५० घरधुरीलाई उज्यालो दिनेछ । ३८ किलोवाट क्षमता भएकाले दुईवटा वडामा विद्युत् पुगेर बचेपछि अन्य गाउँपालिकालाई पनि दिने योजना रहेको महताराले बताउनुभयो । पावर हाउसमा बत्ती बलिसकेको र अब गाउँमा सबै काम पूरा भएपछि एकैपटक बाल्ने तयारी भइरहेको छ ।
कालीकोटमा विद्युत् आपूर्ति अवरुद्ध भएको आठ महिना भयो । जेनेरेटरको माध्यमबाट दिनमा दुई घण्टा मात्र आउने सदरमुकामको अवस्था छ तर ग्रामीण क्षेत्रमा भने लघु जलविद्युत् आयोजनाका काम धमाधम भइरहेका छन् । हामीले यो समाचार गोरखापत्र अनलाइनलाई आधार मानेर तयार गरेका हौं । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago