भर्खरै

रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ

  • प्रकाशित मिति : बिही, फागुन ६, २०७७
  • - रासस
title
रसुवा, फागुन । यथेष्ट  जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको   उपकरण जडान  गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।
 
 
उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्युत् गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्राय पूरा भइसकेको अवस्थामा भोइथ इण्डियाले चरम ढिलासुस्ती गर्दा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भइरहेको कार्यरत प्राविधिक हरूले बताएका छन् । 
 
भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन २०१४ देखि निर्माण कार्य शुरू भएको रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरूङ गत २०७६ साल भदौ ४ गते देखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको प्राविधिकको भनाइ छ ।
 
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीन वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इण्डियाले कोभिड–१९ को कारण दर्शाउँदै आलटाल गर्दैआएको बताइन्छ ।
 
सुरूङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको र कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड–१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको अवस्थामा उपकरण जडानकर्ता भोइथ इण्डिया गैर जिम्मेवारी हुँदै गएको आभाष आउन थालेको आयोजनामा कार्यरत  प्राविधिकहरू बताउँछन् ।
 
आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नु पर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताए । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।
 
कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक रू १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैह्रेले जानकारी दिनुभयो । ब्याजको व्ययभार कम गर्न प्राप्त गरिने ऋण कार्यप्रगतिको आधारमा किस्ता किस्ताको दरले लिने गरेको आयोजनाले बताएको छ ।
 
    यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्राय पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याङ्को निर्माण कार्य भइरहेको छ । बालुवा थिग्र्याउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरूङमा रोकिएको र ल्याउने प्रक्रिया अगाडि बढेकोले उक्त पोखरी छिट्टै सम्पन्न हुने बताइएको छ ।
 
      निर्माणका क्रममा बाहिरी भागमा केही असहज भए पनि भूमिगत संरचना भएका कारण वातावरणीय हिसाबले रसुवागढी जलविद्युत् आयोजना दिगो र भरपर्दो  हुने वातावरणविद् तेज साउथले बताउनुभयो । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदुर कार्यरत छन् । ती मध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago