सदस्यको नजरमा संघको हैसियत र अग्रसरता
- प्रकाशित मिति : बुध, फागुन ५, २०७७
- - हरि भारद्वाज वाग्ले, प्रो. वाग्ले इलेक्ट्रिक
२०७२ को गोरखा महाभुकम्पबाँट पुरा उठ्न नपाउंदै कोभिड १९ ले थला पारेको अन्य क्षेत्रको जस्तै हाम्रो विद्युत क्षेत्रको वर्तमान उद्योग व्यवसायले वामे सर्न थाल्दा नथाल्दै नेपालमा फेरि सत्ताको राजनीतिले सिमा नाघिसकेको आभाष जानकारहरुले गर्न थालिसकेका छन् । हुन पनि केहि वर्ष अगाडि मात्र ठूलो धनजनको बलिदानबाट प्राप्त संविधान माथि नै प्रहार र जनादेशको अपहरण हुने हो कि भन्ने चिन्ता जो कोही लाई पनि लाग्न थालेको छ । नेपालका झण्डै १५ प्रतिशत को हाराहारिमा उद्योग व्यवसाय कोभिड महामारीको कारण विस्थापित भएको एउटा सेमिनारमा जानकारी गराइएको थियो । बाँकी ८५ प्रतिशत को पनि सधैं जस्तो सडक आन्दोलन र ट्राफिक जामका कारण कार्य सम्पादन असहज बन्दै गएको छ । देशको समुचित विकासको भन्दा पनि आ–आफ्नो निहित स्वार्थ सिद्धिको निम्ति देखिएको सत्ता पक्ष र सत्ता नपाएर छट्पटिएका पक्ष बीचको शक्ति प्रदर्शनले देशलाई अझ बढि उदोगतिमा धकेल्ने निश्चित प्राय छ ।
राष्ट्रमा स्थायी र अटल रहि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने सर्वोच्च र संवैधानिक निकायहरु पनि लिखित दस्तावेजलाई वायस गरी भावि सत्ता र स्वार्थकै दलिल स्वरमा स्वर मिलाउने गरेको यो रवैया विद्यमान अन्योलतालाई लम्ब्याउने लक्षण हो भन्न गाह्रो नपर्ला ।
जस्तो सुकै परिस्थितिमा पनि राष्ट्रलाई दिगो रुपमा धानि दिने नीजि क्षेत्र र यसका पेशागत हकहितको निम्ति खडा भएका एशोसिएट संघ संस्थाहरुको नवीकरण , वार्षिक सभा सम्मेलन , संघको नयाँ नेतृत्व चयनका मेला सुरु हुन थालेका छन् । सहयात्री र सहकर्मी साथीहरु बीच भेटघाट गर्न पाउने अवसर पनि हो यो ।
यसै सिलसिलामा हाम्रो पेशागत संस्था काठमाडौं विद्युतीय व्यवसायी संघको ११औं वार्षिक साधारण सभा पनि यहि ७७ फाल्गुन ८ गते शनिबार काठमाडौंमा हुन गइरहेको छ । यस सभाको सफलता र शुभकामना दिन पाल्नुहुने सदस्य साथीहरु , जिल्ला नगर संघ र महासंघका प्रतिनिधि साथीहरु सबैमा स्वागत र न्यानो अभिवादन टक्याउँदछु ।
हामी हाम्रो क्षेत्रका उद्योगी एवं व्यापारी साथीहरु यहि संघमा आवद्ध छौं । उद्योगीहरुको समस्या र पिडा उद्योगी साथीहरुले नै उठाउनुहोला भन्ने आशा राख्दै हामी व्यापारी साथीहरुको केहि समसामयिक समस्या र पिडा यहाँ उल्लेख गर्न चाहान्छु । हाम्रा संघका सदस्यहरुले समेटेका काठमाण्डौका क्षेत्रमा भवन बनाउने जग्गा कम भए कि ! अथवा निर्माण कम भए कि ! उपभोक्तालाई आवश्यकता भन्दा हामी हाम्रो क्षेत्रका सेवा प्रवाह गर्ने अनुपातिक रुपमा व्यापारी बढि भयौं कि ! अथवा कुनै मोफसल क्षेत्रमा सेवा पुगेन कि , अथवा हामी एकै ठाउँमा झुम्मिएम् कि ! यता तर्फ सोच्ने र अनुगमन गरेर समस्या पहिचान गरी समाधान तर्फ लाग्ने बेला भएन र ? आज भोलि यत्र तत्र सर्वत्र यहि गुनासो सुनिन्छ, व्यापार भएन , कति सम्म आश गरेर कुरेर बस्ने ? भाडा ,ऋण र व्याजको भारी बोकेर समय कति बर्वाद गर्ने , गरी खाँदाको पेशा काम छाडेर अरु के गर्ने ? आदि आदि । अब यसको समाधान कसले गर्ने ? के सदस्य विस्तार गर्नु मात्र ठूलो उपलब्धि हो ? संघका सबै सदस्यहरु बाँच्न र बचाउनु पर्दैन र !
अर्को कुरा राज्य र स्थानीय निकायहरुले राजस्व, स्थानीय कर र घर बहाल कर आदि कुनै पनि हालतमा उठाएरै छाड्छन् । हाम्रो आम्दानी होस नहोस तिरेकै थियौं । तर हामी उद्योगी व्यवसायीले सकि नसकि तिरेका राजस्व केन्द्रिय ढुकुटीबाट खर्च हुन नसकेर फ्रिज हुनु , सत्ता टिकाउने र आ–आफ्नो शक्ति प्रदर्शन गर्नका खातिर दुरुपयोग गर्नु , महामगरले कर उठाएर नगरवासीलाई न्यूनतम आधारभुत आवश्यकता तर्फ बजेट परिचालन नगरी मुद्धति खातामा राखेर व्याज खानु । सुन्दा पनि उदेक लागेर आउँछ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार २०२० मा नेपालमा भ्रष्टाचार बढेर गत वर्षको तुलनामा सुशासनमा ११३ औं बाट ११७३ औं स्थानमा खस्केको छ । अघिल्लो सरकारले थालनि गरेको रू. २५,००० भन्दा माथिको सरकारी कारोवारको बिल सार्वजनिक गर्ने गरेको व्यवस्थालाई यो सरकारले बन्द गर्नुले पनि यो तथ्यलाई झन पुष्टि गरिदिएको छ ।
यसरि राज्यका अवयवहरु भ्रष्ट हुँदै गएको यस्तो परिस्थितिमा हामीले कर र राजस्व किन र केका लागि तिर्ने ? राज्य र स्थानीय निकायहरुसँग जोडतोडका साथ आवाज उठाउने बेला आइसकेको छ । कमसेकम अरु क्षेत्रका वस्तुगत संघ संस्थाले जस्तै यो आर्थिक वर्षको व्यवसाय स्वत् : नवीकरण , उद्योग, अफिस वा पसल व्यवसायको भाडा र बैंकको रिण त्यस्तै व्याजमा अनुदान राज्यद्वारा गरिदिनको लागि खरो रुपमै लविङ गर्न संघ अग्रसर हुनु पर्ने होइन र ! सरकारले पशुपतिमा १४१ किलो सुन ( झण्डै २ अर्ब रुपैयाँ ) को जलारी राख्नुको सट्टा पिडित उद्योगी व्यवसायीलाई सम्वोधन गर्दा के आकाश खस्ला र ?
त्यस्तै हाल हाउस वायरिङ कपर केबुलको बिक्रि वितरणमा साह्रै बेथिति देखिएको छ , अन्तर्राष्ट्रिय बजारमा कपरको भाउ बढ्यो भनेर रेट बढाउँछन् , बिक्रि नभएपछि फेरि घटाउँछन् । अनि फेरि बढ्यो भन्ने हल्ला गर्छन् , तर बजारमा पुरानै रेटमा फाल्छन् , ग्राहकले एउटै सामानको मूल्यमा एउटै बजारमा खरिद गर्दा एकरुपता नपाएपछि हामीलाई नराम्रो धेयले हेर्नु स्वभाविक हो । हामी एकादले त उनिहरुलाई वस्तु र परिवेशको बारेमा सल्ुझाउँला , तर सबै सदस्यमा त्यो खुवि कहाँ हुन्छ र ? उल्टै ग्राहकले घुमाएर हैरानै बनाउँछन् । यस्तो परिस्थितिमा संघले केहि बोल्न वा समन्वय गर्नु पर्दैन ? नत्र संघ के का लागि ? मात्र व्यापारिक नेता बन्न ? समस्या आफ्नो काबु भित्र नभए छाता संगठनमा कुरो पु¥याई समस्या समाधान खातिर पनि लाग्नु पर्ला !
मैंले अगाडिका अंकहरुमा पनि यस्ता धेरै समस्याहरु उजागर गर्दै आएको छु । केहि कार्यान्वयन पनि भएका छन् भने धेरै हुन बाँकी छन् ।
म महासंघको महासचिव हुँदाको बखत (आज भन्दा करिव ८ वर्ष अगाडि) महासंघको नाममा जग्गा खरिद गरिएको हो । महासंघको भवन निर्माणको कोषमा काठमाडौंका वरिष्ठ उद्योगी व्यवसायी साथीहरुबाट आर्थिक सहयोग आव्हान गरेर सहयोग जुटाइ भवन बनाउन सके पटक पटक संघको सचिवालय स्थानान्तरण गर्ने समस्या र घर भाडामा परेको व्ययभारबाट पनि संघ छुट्कारा पाउने थियो ।
अतः संघ छ , संघमा पौने छ सय सदस्य पनि छन् ।
यसको मूल मर्म र भावना अनुसार संघलाई कुशल र परिपक्क नेतृत्वको टिमले डो¥याउन सकेका छन् या छैनन् , फेरि नयाँ नेतृत्व चयन हुँदै छन् , नयाँ नाम मात्रै थप्दै जालान् वा सदस्यका समस्यामा मलम पट्टि लगाउलान् ? भोटेबहाल एसोसिएसन जस्तो नभएर संघमा सबै एरियाको प्रतिनिधित्व होला वा नहोला ! तमाम सदस्यको अन्तस्करणमा यहि कुरा खेलिरहेको छ । संघको नेतृत्वमा जाने व्यक्तिले आफ्नो व्यापार व्यवसायको समय कटौती गरेर त्यहाँ काम गर्न जाने हो ।
भन्ने कुरा बिर्सनु भएन । त्यसैगरी सदस्यहरुले पनि सदस्यता नवीकरण गरेर र सभामा भाग लिएर मात्र हुँदैन , आफ्नो तर्फबाट आवश्यक चासो पनि राखिरहनु पर्दछ ।
तसर्थ आफ्ना तमाम सदस्यहरुको भावनासँग साक्षत्कार हुँदै घनिभुत छलफल गरी उनिहरुको भावना बुझेर नयाँ नेतृत्वले संघलाई चलायमान बनाउन सक्नु पर्यो । हाम्रो यो संघ काठमाडौं जिल्ला संघ मात्र होइन , यो त महांसंघको साथमा केन्द्रमा रहेको संघ पनि हो , यसको सिको र अनुसरण अरु जिल्ला नगर संघले पनि गर्ने छन् भन्ने हेक्का पनि राख्नु पर्ला ।
अन्तमा सभाको पुर्ण सफलताको कामना गर्दै आगामी नेतृत्वले संघलाई समय सापेक्ष सञ्चालन गर्ने शक्ति प्राप्त हुने आशा र
विस्वास लिदैं र विजयी टिमलाई अग्रिम बधाई दिन चाहन्छु । धन्यवाद ! जय विद्युत ।
(लेखक नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व महासचिव हुनुहुन्छ )