भर्खरै

संघको नयाँ कार्यसमितिको लागि सचिव पदमा दुई जनाको उम्मेदवारी, अन्यमा एकल

  • प्रकाशित मिति : सोम, फागुन ३, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ३ फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघको नयाँ कार्यसमितिको लागि सचिव पदमा दुईजनाले उम्मेदवारी दिएका छन् ।
आउँदो शनिबार हुन गइरहेको संघको एघारौँ वार्षिक साधारण सभा एवं छैठौँ अघिवेशनले नयाँ कार्यसमिति पाउँदै छ ।
 
उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतले आइतबार अपराह्न ३ बजेसम्म दिएको सूचनाका आधारमा सचिव पदमा दुई जनाले र अन्य सबै पदका लागि एकल उम्मेदवारी परेको निर्वाचन अधिकृतले हिजो अपराह्न ४ बजे सार्वजनिक गरिएको पत्रमा उल्लेख छ । 
सचिव पदका लागि विद्युतीय व्यवसायी ओम प्रकाश जोशी र मिलन सिवाकोटीले उम्मेवारी दिएका हुन भने अध्यक्ष पदका लागि सरोज कुमार रेग्मी, उपाध्यक्षमा दिवेश कुमार जैन, कोषाध्यक्षमा श्रीलाल श्रेष्ठ, सहसचिवमा केशव खड्का रहेका छन् भने सदस्यहरुमा भिष्म राज श्रेष्ठ, नवराज न्यौपाने, पशुपति पाण्डे, रेवती रमण पौडेल, कृष्ण प्रसाद कुईकेल, दिपक सिलवाल, अन्जन तिमल्सीना, बुद्धि नारायण सापकोटा, योगराज चालिसेले उम्मेदवारी दिएका छन् । 
५७८ मतदाता सदस्य रहेको संघको फागुन ८ गते नयाँ बानेश्वरको अर्पण ब्याङक्वेटमा हुने एघारौँ वार्षिक साधारण सभा एवं छैठौं अधिवेशनले नयाँ कार्यसमिति समेत तय गर्ने भएको छ ।  
नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अधिकृतले उम्मेदवारी मनोनयन पत्र दर्ता अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय फागुन ५ गते बुधबार अपराह्न ४ बजेसम्मको लागि समय सिमा तोकिएको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago