भर्खरै

२०१९मा नयाँ विद्युत जडान गर्ने देशहरु मध्ये भारतलाई पछि पार्दै नेपाल चौथो स्थानमा

  • प्रकाशित मिति : शुक्र, माघ ३०, २०७७
  • - भीमलाल श्रेष्ठ विद्युत संसार
title

 
काठमाडौं ३० माघ । दक्षिण र मध्य एशियामा २०१९ मा नयाँ विद्युत् उत्पादन गर्ने ५ उत्कृष्ट देशहरु मध्ये नेपाल चौथो स्थानमा परेको छ । अन्तर्राष्ट्रिय हाईड्रोपावर एशोसियसनको सन् २०२०ले मार्चमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार भारतलाई पछि पार्दै नेपाल चौथो स्थानमा परेको हो ।
 
सन् २०१९ अन्तिम सम्म नयाँ विद्युत जडान भएको क्षमताको आधारमा कुल २२ वटा देशहरु मध्ये गरिएको एक अध्ययन अनुसार नेपाल १७५.८ मेगावाट उत्पादन गरी चौथो स्थानमा छ । नेपालको कुल उत्पादन भने १,१२७ मेगावाट मात्र रहेको छ ।
 
तथ्याङ्क अनुसार भुटानले ७२० मेगावाट विद्युत उत्पादन गरी उत्कृष्ट देशहरूको पहिलो स्थानमा रहेको छ । भुटानले हालसम्म कुल २,३२६ मेगावाट उत्पादन गरेकोे छ । त्यसैगरी ताजकिस्थान ६०० मेगावाट उत्पादन गरी दोस्रो स्थानमा रहेको छ भने ताजकिस्थानले हालसम्म ६,३९५ मेगावाट उत्पादन गरेको छ । २०१९ अन्तिम सम्म नयाँ विद्युत जडान भएको क्षमताको आधार रसिया ४६२.५ मेगावाट उत्पादन गरी तेस्रो स्थानमा रहेको छ । रसियाको कुल उत्पादन ४९,८५९ मेगावाट छ । सोही तथ्याङ्क अनुसार भारत भने पाँचौ स्थानमा छ । जसले सन् २०१९ अन्तिम सम्म १५४.१ नयाँ विद्युत उत्पादन गरेको छ भने कुल विद्युत उत्पादन ५०,०७० मेगावाट पुगेको तथ्याङ्कमा उल्लेख छ ।
दक्षिण र मध्य एशिया अन्तर्गत देशहरुको नयाँ विद्युत उत्पादन सन् २०१८ अनुसार सन् २०१९ मा ४ जिगावाट बराबरले उत्पादनमा कमि आएको छ ।
त्यस्तै नयाँ उत्पादनमा १५२ जिगावाट जडान भएको छ भने पम्प स्टोरेजमा ७.५ जिगावाट रहेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।
 
दक्षिण र मध्य एशियामा कमी आए पनि विश्वमा भने २.५ प्रतिशतले वृद्धि

दक्षिण र मध्य एशियामा नयाँ विद्युतमा ४ जिगावाट बराबरले उत्पादनमा कमि आए पनि विश्वमा भने वृद्धि भएको देखिन्छ ।
विश्वमा कोभिड–१९ को बाबजुद पनि नयाँ विद्युत उत्पादन २.५ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसनको तथ्याङक सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसनमा ५० देश मध्ये सन् २०१९ सम्ममा ब्राजिल, चाईना र लाओस नयाँ उत्पादन जडित क्षमताको आधारमा क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थानमा पर्न सफल भएका छन ।
 
सन १९९५ बाट शुरुवात भएको अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसनको क्षमता करिब ६५० जिगावाट बाट शुरुवात भएको थियो ।  हाइड्रोपावर एशोसिएसन सन् २०१९ सम्म (२५ वर्ष) मा आईपुग्दा दोब्बर को रुपमा वृद्धि भई १३०८ जिगावाट उत्पादन क्षमता पुगेको छ ।
अन्तर्राष्ट्रिय हाईड्रोपावर एशोसियसनको सन् २०२०ले मार्चमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार  ।
 
स्रोत लिंकः https://hydropower-assets.s3.eu-west-2.amazonaws.com/publications-docs/2020_hydropower_status_report.pdf
 

प्रतिक्रिया