भर्खरै

आज एकदिनको लागि सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द

  • प्रकाशित मिति : शुक्र, माघ ३०, २०७७
  • - रासस
title

लमजुङ, माघ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए । 
 
बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इञ्जिनीयर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो । 
 
त्यस्तै, आयोजनाका इञ्जिनीयर सुनिलकुमार शाह घाइते हुनुभएको छ । त्यस्तै, सोही जीपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाइते भएका छन् । प्रहरीका अनुसार सो जीप सडकबाट १२० मिटर तल जीप खसेर दुर्घटना भएको थियो । 
 
दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता(पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । 
 
आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago