भर्खरै

उद्घाटनको हतारो

  • प्रकाशित मिति : बुध, माघ २८, २०७७
  • - विद्युत संसार
title
काठमाडौं २८ माघ । स्वभाविक हो ! कुनै पनि ठाउँको विकास निर्माणको काम सम्पन्न भएपछि कुनै ठूलो पद वा व्यक्तित्वले उद्घाटन गर्नु । तर नेपालको सन्दर्भमा यस्ता विषयमा समय समयमा केही फरकपन पाइने गरेको छ जो आम जनताको लागि नै आश्चार्य जनकरुपमा नै खडा भइदिन्छ । कुरा हो विकास निर्माणको काम पूर्ण रुपमा निर्माण भई नसक्दा नै विभिन्न राजनैतिक दलका नेताहरुले उद्घाटन गर्ने त्यो पनि भव्य तामझामले । 
 
यतिसम्म कि कुनै विकास निर्माणको उद्घाटन गर्न त राजनैतिक दलहरुको तछाडमछाड नै चल्छ यसको ज्यालन्त उदाहरण बन्यो केही महिना अगाडि तनुहँको एक पक्कि पुल उद्घाटन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेललाई केही दलले उद्घाटन गर्न नदिएको विषयमा त्यस क्षेत्र दिनभर तनावग्रस्त बन्न पुग्यो । 
आयोजनाको काम पूर्ण रुपमा सम्पन्न भई आयोजनाको प्रतिफल प्राप्त गर्न सक्ने भएपछि उद्घाटन गर्नु स्वभाविक नै हो तर हाम्रो देशमा यसको ठीक विपरित छ । आयोजना सम्पन्न हुनु कहिले हो कहिले तर देशका प्रमुखहरुलाई भने उद्घाटन गर्ने चटारो चल्छ । 
 
आयोजनाको काम सम्पन्न हुने मिति सम्म आफ्नो पदमा रहन्छु या रहन्न भन्ने लागेर नै आयोजनाको काम सकिनु पूर्व नै तामझामका साथ आयोजनाको उद्घाटन गर्ने गरेको हो कि भन्ने भान पनि आम जनताहरुमा पर्न गएको छ । हालै मात्र म्याग्दीको दाना र पर्वतको कुश्मा जोड्ने विद्युत् प्रशारण लाइन तथा सब–स्टेसन निर्माण पूरा नहुँदै उद्घाटन भएको छ । सरकारले काम गरेको देखाउन प्रचार गर्न प्रधानमन्त्री र ऊर्जामन्त्रीले आयोजना सम्पन्न नहुँदै उद्घाटन गरेको आरोपहरु पनि लागिरहेको छ । 
उक्त सबस्टेशनको बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको एक्सनरूमबाट भर्चुअल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भौतिक रूपमा उपस्थित भएर उद्घाटन गरेका हुन । तर नेपाल विद्युत् प्राधिकरणले वितरण गरेको पर्चामा कालीगण्डकी प्रसारण करिडोर अन्तर्गतको कुश्मा–दाना खण्ड आयोजनाको निर्माण कार्य भने अझै ३ प्रतिशत बाँकी नै रहेको जनाइएको छ । तर ऊर्जामन्त्री रायमाझीले भने नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत् बिक्री गर्न पूर्वाधार बनाइरहेको भाषण गर्न सम्म भ्याए । 
 
 सरकारको उच्च तहमा रहेर काम गरिरहेको हरेक व्यक्तिले देशको विकासलाई भन्दा पनि आफ्नो स्वार्थलाई पहिलो प्राथमिकता दिइएको पाइन्छ । यदि विकासलाई पहिलो दृष्टिमा राख्ने हो भने निर्माण नसकिदैँ उद्घाटन गर्ने भन्दा पनि देशमा विकासका आयोजना खडा गर्नु पहिलो आवश्यक छ । उद्घाटन गर्न नै हतारमा भएका राजनैतिक दलका नेताहरुले विकास निर्माणको कामलाई पनि यसरी नै हतारो गरेको भए सुस्त गतिमा निर्माण भइरहेका विभिन्न आयोजनाहरुले गति लिने थियो की !  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago