भर्खरै

रूरू जलविद्युत्को ८ लाख १५ हजार ४११ कित्ता आइपिओ जारी गर्दै

  • प्रकाशित मिति : सोम, माघ २६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । रूरू जलविद्युत् परियोजनाले सर्वसाधारणका तथा स्थानीयवासीहरुको लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ ।
धितोपत्र बोर्डले परियोजनाको आइपीओ जारी गर्ने अनुमति दिएसँगै रुरुले आइपिओ जारी गर्ने भएको हो ।
 
बोर्डका अनुसार परियोजनाले कुल चुक्तापुँजीको २० प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत स्थानीयबासीलाई र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
 
परियोजनाले ८ करोड १५ लाख ४१ हजार १ सय रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको कुल चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ छ ।
 
त्यस्तै अन्य कम्पनीहरुको पनि आइपिओ गर्ने क्रम जारी छ । गत माघ २३ गतेदेखि २७ गतेसम्मका लागि ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले ३२ लाख ५१ हजार ६३२ कित्ता आइपीओ जारी गरिसकेको छ । 
 
त्यसैगरी माघ ३० गतेदेखि महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्दैछ । कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत बराबरको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कम्पनी छ ।
 
त्यसैगरी आइपीओ निष्कासनका लागि अनुमति पाएको अर्को संस्था हो सिंगटी हाइड्रो इनर्जी । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता शेयर स्थानीयबासी र सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago