भर्खरै

आफूहरूले राम्रो तयारी गरेर छाड्दा २०७५ जेठदेखि लोडसेडिङ अन्त्य भयो: प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्र, माघ २३, २०७७
  • - विद्युत संसार
title
काठमाडौं माघ । कालीगण्डकी करिडोर प्रसारण लाइनको बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा अर्को तिहार अँध्यारोमा मनाउन पर्दैन भन्दा मानिसहरूले ठट्टा गरेको उनले बताएका छन् ।
आफूहरूले राम्रो तयारी गरेर छाड्दा २०७५ जेठदेखि पूर्ण रूपमा लोडसेडिङ अन्त्य भएको उनले दाबी गरे।
 
म पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ साल असोजमा देशमा १८ घण्टा लोडसेडिङ भइरहेको थियो । अर्को वर्षको तिहार हामी अँध्यारोमा मनाउँदैनौं भनेर घोषणा गरे सँगै ‘त्यसयता हामीले कुनै तिहार अँध्यारोमा मनाउन नपरेको बताए ।
 
उनले रेल र पानी जहाज चलाउने तयारी पनि भइरहेको दाबी गरे। आफैंले रेल किन्ने, रेल चलाउने पूर्व–पश्चिम रेल मार्ग बनाउन सरकारले मुआब्जा दिने काम भइराख्या छ’, उनले भने, ‘पूर्व–पश्चिम रेलमार्ग छिट्टै सञ्चालन गर्नेछौं।’
 
उनले पानी जहान चलाउन कम्पनी स्थापना गरेर काम गरिरहेको समेत दाबी गरे।
 
कालीगण्डकी प्रसारण लाइन उद्घाटन प्रधानमन्त्री ओली पर्वत पुगेर उद्घाटन गर्ने कार्यक्रम तय भए पनि बिहीबार प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दका कारण भर्चुअल उद्घाटन गरेका हुन्।
 
प्रधानमन्त्रीले उक्त परियोजना उद्घाटन गरे पनि काम भने अझै सकिएको छैन।
 
उक्त परियोजना २०७१/७२ मा सम्झौता भएर २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सम्झौतामा उल्लेख भएको आयोजना पूरा हुनुपर्ने समय १ वर्ष ढिला भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago