वर्षायाममा अब हामीले विद्युत निर्यात गर्नुपर्छ:प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्र, माघ २३, २०७७
  • - विद्युत संसार
title

काठमाडौं माघ । कालीगण्डकी करिडोर प्रसारण लाइनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले विद्युत निर्यात गर्नुपर्ने बताएका छन् ।
हिउँदमा अलिकति विद्युत अहिले पनि आयात गर्नुपरे पनि ‘वर्षायाममा आवश्यकता भन्दा बढी विद्युत उत्पादन हुने बिन्दुमा पुगेको बताउदै 
उनले भने,‘वर्षायाममा अब  हामीले विद्युत निर्यात गर्नुपर्छ।’
 
 प्रधानमन्त्री ओलीले अबका १, २ वर्षभित्र हिउँद याममा पनि आफूलाई चाहिने विद्युत उत्पादन हुने दाबी गरे।
 
 
‘निर्यातका लागि हामी भारत, बंगलादेशजस्ता मित्र राष्ट्रहरूसँग जहाँ विद्युत आवश्यक छ र हामी आपूर्ति गर्न सक्छौं उहाँहरूसँग विद्युत व्यापार सम्बन्धमा कुराकानी भइराख्या छ’, ओलीले भने, ‘यसका लागि राष्ट्र–राष्ट्रबीच सम्झौता गर्ने चरणतर्फ प्रयास गरेका छौं।’
 
विद्युतको प्रसारण ग्रिड कनेक्सनका लागि विमस्टेकमा सैद्धान्तिक सहमति भइसकेको उनले बताए।
 
दक्षिण एसियामै सबभन्दा पहिले १९६७ देखि नेपालमा विद्युत उत्पादन भएको भन्दै उनले उत्पादन थालेको १०५ वर्षसम्म बिजुली उत्पादनमा उल्लेख्य उपलब्धी हासिल हुन नसकेको बताए।
 
विगत केही वर्ष यतामात्र बिजुली उत्पादन वृद्धि भएको उनको भनाइ छ।

प्रतिक्रिया