भर्खरै

सुपर मादीले साधारण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : बिही, माघ १५, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । कास्कीको मादी खोलामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दा र सर्वसाधारणका शेयर निष्कासन गर्ने भएको छ । 
 
सुपर मादी हाइड्रो पावर कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३१ करोड ५० लाख रुपैयाँ बराबरको साढे ३१ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । 
 
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिएको छ । बिक्री प्रबन्धक नियुक्तिपछि अब शेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ । 
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गरिने छ ।
 
हालसम्म आयोजनाको कार्यप्रगति समग्रमा ६५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट २०७८ साल पुसभित्र विद्युत उत्पादन गर्ने र उत्पादित विद्युत २२ किलोमिटर दुरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago