भर्खरै

सुपर मादीले साधारण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : बिही, माघ १५, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । कास्कीको मादी खोलामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दा र सर्वसाधारणका शेयर निष्कासन गर्ने भएको छ । 
 
सुपर मादी हाइड्रो पावर कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३१ करोड ५० लाख रुपैयाँ बराबरको साढे ३१ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । 
 
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिएको छ । बिक्री प्रबन्धक नियुक्तिपछि अब शेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ । 
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गरिने छ ।
 
हालसम्म आयोजनाको कार्यप्रगति समग्रमा ६५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट २०७८ साल पुसभित्र विद्युत उत्पादन गर्ने र उत्पादित विद्युत २२ किलोमिटर दुरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया