भर्खरै

योजनाको ६० प्रतिशत विद्युत मात्रै उत्पादन हुने

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।
 
कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवर्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।
 
सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धक आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो । चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो ।
 
विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार आयोजना प्रवद्र्धक कम्पनीले यो वर्ष कोरोना महामारीको प्रभाव झेल्नुपरेको देखिएको छ। “प्रवर्द्धक कम्पनीहरूले अपेक्षा गरेअनुसार विदेशबाट प्राविधिक ल्याउन समस्या झेल्नुपरेको देखिन्छ,” उनले भने, “विश्वमा विभिन्न स्थानमा भएका बन्दाबन्दीले प्राविधिक उपकरणसमेत ल्याउन सकेनन् ।” खासगरी चिनियाँ प्राविधिक तथा कामदार कोरोना महामारीका कारण कार्यस्थलमा फर्कन नमान्दा प्रवद्र्धकहरूले समस्या झेल्दै आएका हुन् । त्यस्तै रसुवागढी नाकाको अवरोधले पनि कतिपय आयोजनाका सामान नेपाल आउन सकेका छैनन् ।
 
विभागको संशोधित आकलनअनुसार चालू आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ । स्वदेशी लगानीमा निर्माणाधीन सो आयोजनाबाट चैतभित्र एउटा युनिटबाट आंशिक विद्युत् उत्पादन थाल्ने तयारी छ । सम्पन्न गर्ने भनिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना यो अवधिमा सम्पन्न हुने सूचीमा परेको छैन । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीमार्फत बनाउन लागिएको १०२ मेगावाटको मध्य भोटेकोसी यो वर्ष पनि तयार नहुनेमा परेको छ । त्यसैगरी ४२.५ मेगावाट क्षमताको सान्जेन पनि बन्ने छैन भने १४.८ मेगावाटको माथिल्लो सान्जेन भने तयार हुने देखिएको विभागको आँकडाले देखाएको छ ।
 
यो वर्ष प्रणालीमा जोडिने महत्वपूर्ण आयोजनामा निजी क्षेत्रको ग्रिन भेन्चर प्रालीले ओखलढुङ्गा र रामेछापमा बनाउन लागेको ५२.४ मेगावाटको लिखु–४ रहेको छ । माउन्टेन इनर्जीले म्याग्दीमा बनाएको ४२ मेगावाट क्षमताको मिस्त्री खोला पनि विद्युत् प्रणालीमा जोडिने अन्तिम तरखरमा छ । त्यस्तै दोलखास्थित २५ मेगावाटको खानीखोला–१ पनि यसै आवभित्र सम्पन्न हुने देखिएको छ । सोही क्षमताकै सिङ्टी जलविद्युत् पनि यसै वर्ष सक्ने तयारी प्रवर्द्धक सिङ्गटी हाइड्रो इनर्जीको छ। सिन्धुपाल्चोकस्थित माथिल्लो चाकु ए पनि आउनेको सूचीमा छ ।
 
विभागले गरेको आकलन आर्थिक वर्षको बाँकी छ महिनामा पूर्ण मेल नखान सक्ने सम्भावना पनि बाँकी नै छ । “अहिले बनाउन सक्छु भनेर अन्तिम तयारीमा रहेका आयोजना प्रवर्द्धक अझै समस्या झेल्न सक्छन्,” सिंहले थपे, “ प्रवर्द्धक योजना र हाम्रो अनुगमनलाई आधार मान्ने हो तर अनपेक्षित समस्या आउँदा उत्पादनको लक्ष्य प्रभावित हुन पुग्छ ।” गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago