भर्खरै

सुत्केरी जोगाउन ग्यास हिटरको जोहो

  • प्रकाशित मिति : बुध, माघ ७, २०७७
  • - रासस
title
डोल्पा ७ माघ । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो । 
 
तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै पाँच वटा ग्यास हिटर र १० वटा सिलिण्डर सहयोग गरेका हुन् । ललितपुरस्थित पाटन अस्पतामा कार्यरत डा अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डा मेलिना हमाल र डामछिन्द्र बडूवालले ग्यास हिटर किन्नका लागि अभियान नै चलाएर सहयोग रकम उठाएका थिए ।
 
चिकित्सकहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र २९ जना व्यक्तिबाट कूल रु ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिण्डर खरीद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । दुनैमा विस्तारित विद्युत्को भोल्टेज न्यून भएकाले महिला सुत्केरी हुनुअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको छ ।
 
हिँउद्को कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने अवस्था भएकाले अभियान नै चलाएर हिटरको जोहो गरिएको डा. अखण्ड उपाध्यायले जानकारी दिए। सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको कष्टकर अवस्थाबाट प्रभावित भएकाले हिटर किन्ने अभियान चलाएको उनको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago