भर्खरै

‘पार्टीका अन्तरद्धन्दका कारण देशले यो अवस्था व्यहोर्न बाध्य भयो’

  • प्रकाशित मिति : बुध, माघ ७, २०७७
  • - दिपक प्रसाद कुइकेल, नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य
title

वर्तमान राजनैतिक अवस्था र नेपाली कांग्रेसको अबको बाटो विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य दिपक प्रसाद कु“इकेलस“ग विद्युत संसारका रामप्रसाद पौडेलले गरेका कुराकानीका सम्पादित अंशः

दिपक प्रसाद कुइकेल, नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य 

वर्तमान राजनैतिक अवस्थालाई कसरी लिनु भएको छ ?
देशको राजनैतिक अवस्था यतिखेर गरम छ । समाज परिवर्तन र रुपान्तरणको लागि हामी राजनितिमा लागियो तर जे सोचेर राजनीतिमा लागेका थियौ तर त्यो अनुरुप नेपालमा परिवर्तन र रुपान्तरण हुन सकेको छैन् । नेपालमा आर्थिक, सामाजिक उन्नति नभई सधंै  राजनैतिक द्धन्दमा मात्र देश लाग्यो । हामीले संविधान निर्माण ग¥यौ तरपनि देशमा भएको सामाजिक द्धन्द, विकृति, विसंगति अझ रोक्न सकिरहेको छैन् । यो विडम्बनाको विषय हो ।
 
संविधान निर्माण गर्दा केही गल्ती भएको भन्ने लाग्छ ?
गल्ती नै भए भन्न मिल्दैन तर यसलाई आवश्यक पर्ने असल नेतृत्वहरुको अभाव देखिएको हो । असल नेतृत्व भएको भए संविधानको सहि कार्यान्वयन सँगै देशमा आर्थिक विकासले बाटो लिने थियो तर असल नेतृत्व नपर्दा देशमा सामाजिक र आर्थिक विकास भन्दा पनि राजनैतिक द्धन्दमा देश फसेको छ ।
 
संविधान सभाले संविधान निमार्ण गरेन, आयातित संविधानलाई नै पूर्णता दियो भन्ने आरोप छ नि ?
संविधान निर्माणमा बाहय शक्तिको भुमिका अदृश्य रुपमा भएको भन्न नसकिएला तर वर्तमान नेपालको संविधान निमार्णमा त्यस्तो कुनै सत्यता छैन, वर्षौ लगाएर बनेको संविधानमा जुन खालको हाम्रो समाज छ त्यस अनुरुप संविधान बनेको छ । राम्रा कामलाई जस लिने र नराम्रालाई फरक दृष्टिकोणले हेर्दा हाम्रो हेर्ने नजरमा फरक परेको हो । भोलीका दिनमा संविधान गलत लागेको समयमा पनि हामीले दुईतिहाईका साथ संविधान परिवर्तन गर्न सक्छौ । जसकारण यसमा गलत भएको छ भन्ने ठाउँ म देख्दिन । 
 
वर्तमान प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ यसलाई कसरी लिनुहुन्छ ?
संविधान निर्माणमा हामीले संसद विघटनको परिकल्पना गरेका छैनौ । धेरै दलहरु निर्वाचित भएतापनि पाँच वर्षसम्म सरकार चल्न सक्ने संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो संविधान विपरित काम हो । उहाँले संसद प्रति विश्वास लिनुपर्दथ्यो । तर त्यसो नहुँदा संविधान माथि नै प्रश्न चिन्ह खडा भएको छ । 
 
नेपाली कांग्रेसले संसद विघटनको गम्भीर बहस चलाएको देखिदैन नि किन ?
नेपाली कांग्रेसले  संसद पुनस्थापन भन्दा पनि संसद रहनुुपर्दथ्यो भन्ने विषय हो । नेपाली कांग्रेसले गत बैशाखमा नै हालका प्रधानमन्त्रीले सरकार चलाउन नैतिक र राजनैतिक आधार गुमाइसक्यो भनेका थियौ । जनताले तीनवर्ष अगाडि दुईतिहाइले जिताएका थिए तर कम्युनिष्ट पार्टी देश विकासको परिर्वतन भन्दा पनि आनो पार्टीको आन्तरिक भागबन्डा मिलाउन तिर व्यस्त रह्यो । देशमा चरम भ्रष्टाचार बढ्यो । कोभिडको समयमा पनि सरकारले ध्यान दिएको पाइदैन । उपचार र स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भयो । देशको हरेक क्षेत्रलाई गैर जिम्मेवारीपन देखाउँदै जादाँ नेपाली कांग्रेस वर्तमान सरकारले राज्य सञ्चालन गर्न नैतिक र राजनैतिक आधार गुमाएको भनेका हौ ।   
यति हुदा हुदै गर्दाको अवस्थामा पनि नेपाली कांग्रेसले निर्वाचनको माग गर्न सक्थ्यो तर संविधान अनुसार पाँचवर्ष सम्म जनता सामु स्थायी सरकार होस् भन्ने चाहान्छ । तर त्यहि पार्टीले सरकार चलाउन सकेन यस्ता पार्टीलाई निर्वाचन मार्फत जनताले सजाय दिनेछन् भन्ने नेपाली कांग्रेसको धारण हो । तर यो विषय अदालतमा विचाराधिन छ अदालतले पनि संविधान अनुसार फैसला गर्ला । निर्वाचन हुने भएमा सत्ता पक्ष चुनावमा जान्छौ भन्दै गर्दा हामी प्रतिपक्ष पनि तयार हुनेछौ ।
 
कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकार पुर्ण रुपमा असफल भयो भन्ने हो ?
हालका प्रधानमन्त्री मात्र असफल भएका होईन पुरा कम्युनिष्ट पार्टी नै असफल भएको हो । उनीहरु आपसीमा नै पद, शक्ति र स्वार्थमा लिप्त भए । उनीहरु बीच कुर्सीको लडाई बाहेक अरु कुनै सैद्धान्तिक काम गरेका छैनन् । 
 
जनताको समस्याको पक्षमा प्रतिपक्ष दल पनि कमजोर भएको हो ?
नेपाली कांग्रेसले देशमा भएको कमी कमजोरीलाई आवाज नउठाएको होईन । देशमा भएका विभिन्न घटनामा आवाज उठाउँदै आएका छौ । जस्तो निर्मला हत्याकाण्ड, सुन काण्ड, बालुवाटार जग्गाको विषयमा नेपाली कांग्रेसले छानविन गर भन्दै आवाज उठाउनुका साथै विभिन्न विषयमा संविधान उल्लङघंन ग¥यो भनेका छौ । नेपाली कम्युनिष्टहरु ले नेपाली जनताको अभिमतलाई बेवास्था गरेकोमा हामीले विभिन्न समयमा सडक संघर्ष समेत गरेका छौ । 
 
 वर्तमान प्रधानमन्त्रीले समृद्ध देश निर्माण गर्ने अभियानमा छौ भनिरहनु भएको छ नि ?
नेपालको विकासका लागि नै आम जनताले मत दिएका हुन । तर आज त्यस्तो हुन सकेन देश होईन समृद्ध त उनिहरु आफुमात्र भए यसैले जति नै भाषण गरेपनि उहाँको भनाईलाई आम जनताले विश्वास गर्ने वालामा छैन् । हिजोका कम्युनिष्ट पार्टीहरुका नेताहरुको रहनसहन, बोलीचाली, हिड्ने शैली र आज उनीहरु को व्यवहार र शैलीहरुमा कति परिवर्तन भए उनीहरुको परिवार र आफन्तजनको समृद्धि भयो देशमा कुनै परिवर्तन भएनन् ।
कम्युनिष्ट पार्टी जनताको दुई तिहाई मत संविधान कार्यान्वयन, आर्थिक, सामाजिक समृद्धिका लागि हो भन्दै नेपाली कांगे्रसले समय समयमा सचेत गरायो तर पनि कम्युनिष्ट पार्टी जनताको दुई तिहाई मतको दम्भले देशमा विकासका परिवर्तन भन्दा भ्रष्टाचारको वृद्धि गराउन सफल भयो । यसको लेखाजोखा आम जनताले गरेका छन् । 
 
अब नेपाली कांग्रेस संसद पुनस्थापनाको विषयमा आन्दोलन गर्र्छ वा निर्वाचनमा जान्छ । के गर्छ ?
संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ । अदालत पनि एउटा निर्णयमा पुग्ला यस निर्णयको पर्खाइमा हामी छौ ।
त्यसो त कम्युष्टि पार्टी दुई वटा ध्रुवमा लागेका छन्, उनीहरु एक आपसमा आरोप प्रत्यारोप लगाइरहेका छन् यस्तो अवस्था राम्रो होईन हामीले ल्याएको लोकतन्त्र, संघीयतालाई कसरी अगाडि बढाउनु पर्छ भन्ने विषयमा आम जनतालाई जानकारी दिन हामी तयार छौ ।
हिजोको दिनमा कम्युनिष्टले नेपाली जनतालाई झुक्काएका थिए । अब हामीले जनता सामु यर्थाथका साथ जानु आवश्यक छ । हामी पाँच वर्ष सम्म सरकार स्थायी हुनुपर्छ भन्नेमा छौ । तरपनि सर्वोच्चले निर्वाचन गराउन चाहान्छ भने हामी जनताका सामु जान तयार 
छौ । 
 
अदालतले संसद विघटनलाई सदर गरेको खण्डमा निर्वाचन हुनेमा कांग्रेस विश्वस्त छ ?
जुन किसिमले प्रधानमन्त्रीले संविधान उल्लङघन गरेर संसद विघटन गरे यसैले निर्वाचन गराउनेमा पनि शंका गर्ने ठाउँ थुप्रै छन् । कम्युनिष्ट पार्टी समग्रले जनताको विश्वासमाथि नै कुठराघात गरेको छ । यहि आधारमा अझै उनीहरु तानाशाहीबाट निर्वाचन नगराउने पो हो कि भन्ने हामीलाई लागेको छ ।
 
निर्वाचनमा गएको अवस्थामा नेपाली कांग्रेसले जनताको कस्तो साथ पाउने अपेक्षा छ ?
हामी अहिले नै चुनावको लागि तयार भएका थिएनौ । हामीले पाँच वर्ष सम्म नै यो प्रतिनिधि सभा चल्ने छ भन्नेमा विस्वस्त थियौ । तर आज फरक स्थिति बनेको छ हामी अब निर्वाचनमा जादाँ हिजो कम्युनिष्टहरुले बोलेका झुटा बोलीमा भुलेका जनतालाई सचेत गराएर निर्वाचनमा जाने छौ । प्रजातन्त्रको लागि सदैव संर्घष गरेको नेपालको पुरानो पार्टीलाई जनताले अबको निर्वाचनमा साथ दिने छ भन्ने मलाई लाग्दछ ।
 
वर्तमान राजनीतिमा विदेशीहरुको व्यापक राजनीति भयो भन्ने पनि सुनिन्छ नि । यसलाई कसरी लिनुहुनछ ?
कुनै पनि घर झगडामा छिमेकीले चासो राख्नु स्वभाविक नै हो । तर अहिलेको अवस्थामा विदेशी हस्तक्षेप भन्दा पनि उनीहरु ले आमन्त्रित गरेको देखिन्छ । देशको राज्य सञ्चालनमा उनीहरु सँग आन्तरिक व्यवस्थापन मात्र होईन बाह्य कुटनितिक व्यवस्थापन गर्न पनि चुकेका छन् । एउटा सामान्य जनतामा पनि देशमा बाह्य हस्तक्षेपको शंका बढेको छ । यस्ता विषयका लेखाजोखा पनि जनताले गर्नेमा विस्वस्त छु ।
 
तपाईको पार्टी सभापति र प्रधानमन्त्रीको कार्यगत एकता छ भन्ने पनि सुनिन्छ नि । यसलाई कसरी लिनुहुन्छ ?
सत्ता पक्ष र प्रतिपक्ष मिलेका कारण यस्तो अवस्था आएको हो भन्ने केहीले शंका गर्ने गरेका छन् यसैले यस्ता शंकालाई निवारण गर्ने काम हाम्रो सभापतिको हो । यदि हाम्रो सभापति र पुरा पार्टीले यसको निवारण गर्न सकेनन् भने नेपाली कांग्रेसका सबै नेताहरुलाई नै असर पु¥याउनेमा दुईमत छैन् ।
 
अन्त्यमा केही बताईदिनुहुन्छ कि ?
नेपाल कम्युनिष्ट पार्टीको गैरजिम्मेवारी ढंगबाट देशलाई अगाडि बढाउँदै छ । यो देश र जनताको हित विपरीत काम हो । यस्ता गैर जिम्मेवारीपन लाई अन्त्य गर्दै संवैधानिक ट्रयाकमा ल्याउनुपर्छ भन्नेमा नेपाली कांग्रेसका नेता देखि आम जनताहरु एकआपसमा गोलबन्द हुन आवश्यक देख्दछु । अब राजनैतिक द्धन्द होईन अब संविधान र लोकतन्त्रलाई साथमा लिएर देशलाई आर्थिक क्रान्तिमा अघि बढ्नुको विकल्प छैन् ।

प्रतिक्रिया