भर्खरै

मन्त्रालयकै हरिबिजोक

  • प्रकाशित मिति : बुध, माघ ७, २०७७
  • - विद्युत संसार
title

विद्युत चुहावट र विद्युत खतराबाट बच्च हामीले घर कार्यालय देखि सार्वजनिक स्थानमा बिजुली पु¥याउदाँ गुणस्तरीय वायरिङ्ग गर्ने गर्दछौ । तर बिजुली (ऊर्जा) क्षेत्रका नेतृत्वकर्ता ऊर्जा मन्त्रालय देखि नेपाल विद्युत प्राधिकरणका प्रायः कार्यालयमा गुणस्तरीय वायरिङ्ग त के भएका वायरिङ्गहरु पनि कन्तबिजोक अवस्थाका छन् । कतै स्वीच सकेट नै फुटेको अवस्था, कतै लथालिङ्ग वायरिङ तारहरुका साथै कुनै कार्यालय बढी विद्युत खपत हुने जिएसएल चिम प्रयोग भईरहेका छन् । 
 
नियमक निकायको यस्तो अवस्थाले देशका अन्य कार्यालय र सामान्य जनताको घरमा कस्तो किसिमको वायरिङ्ग मार्फत बिजुली बत्ति बलेका होलान् हामी सहजै अनुमान लगाउन सक्दछौ । 
हाउस वायरिङ्गमा पनि केही मापदण्ड छन् ति मापदण्ड कागजमा नै सीमित छन् । 
 
गुणस्तरहीन वायरिङ्गले विद्युत खतरा र विद्युत चुहावट त बढेकै छ त्यसमाथि पनि संरचना नै कुरुप बनाइरहँदा नियमक निकायको ध्यान जान सकेको छैन् ।
विद्युत बढि खपत भएकै कारण केही समय देखि जिएसएल चिमलाई प्रतिस्थापन गर्दै प्राधिकरणले नै एलईडी प्रयोग गर्न अभियान नै सञ्चालनमा भयो तर विडम्बना जसले प्रतिस्थापनको अभियान सञ्चालन ग¥यो त्यहि कार्यालयमा जिएसएल चिम देख्न सकिन्छ । 
 
गुणस्तरहिन वायरिङ्ग कै कारण समय समयमा विद्युतीय दुर्घटना समेत बढेको छ । विद्युतीय दुर्घटना न्यूनिकरणको लागि विभिन्न योजनाहरु सार्वजनिक भईरहेकै हुन्छन् तर पनि नियमक निकायहरुको यस्तो हविगतका कारण यस्ता योजनाहरु पनि अर्थहिन बन्न पुगेको हो की भन्ने भान पर्न गएको छ । 
नियमक निकायले आफु भित्र भएका कमि कमजोरीलाई अन्त्य गर्दै विद्युतीय चुहावट सँगै विद्युतीय दुर्घटना रोक्नमा कुनै कसुर बाँकी राख्न हुँदैन् । बनेका कार्ययोजनाहरुलाई पूर्णरुपमा पालना गर्दै आम जनतालाई समेत सचेत गराउन आवश्यक छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago