भर्खरै

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

  • प्रकाशित मिति : मंगल, माघ ६, २०७७
  • - Admin
title

काठमाडौं, माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य  बढाएको हो । 
 
नयाँमूल्य सूचिअनुसार पेट्रोल तथा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः ११० र ९३ रुपैयाँ कायम भएको र्र  इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ । 
मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५.३४, डिजेलमा प्रतिलिटर २.९६ घाटा रहेको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा छ । 
 
हालको मूल्य समायोजन पश्चात भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago