भर्खरै

खिम्ती जलविद्युत आयोजना , प्राधिकरणलाई स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया अझै अन्योल

  • प्रकाशित मिति : मंगल, माघ ६, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । दोलखाको किर्नेटारस्थित निर्माण भएको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरण प्रक्रिया अझै पनि अन्योलमा नै रहेको छ ।  
 
वैदशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको यस आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लाग्दा पनि अझै अन्योल बनेको हो ।
 
नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । पूर्वनिर्धारित समयमा स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएपछि दुवै पक्षबीच अन्तरिम सम्झौता भई आयोजना सञ्चालन भइरहेको छ । अन्तरिम सम्झौताको अवधि माघ मसान्तसम्म रहेको छ । तर, माघ मसान्त नजिकिँदै गर्दा पनि दुवै पक्षबीच स्वामित्व हस्तान्तरणका लागि ठोस सहमति नभएको पाइएको छ । 
 
 निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना पनि हो । सरकार र प्रवर्द्धक कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व गत असार २७ गतेदेखि प्राधिकरणमा आउनुपर्ने थियो । तर, निर्धारित मितिमा त्यो काम नभएपछि माघ मसान्तभित्र गर्नेगरी दुवै पक्षबीच अन्तरिम सम्झौता भएको थियो तर आवश्यक प्रक्रिया भने अझै अगाडि बढ्न सकेको छैन ।
 
पछिल्लो अवस्थाअनुसार थप म्यादमा पनि स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिने निश्चितजस्तै देखिएको छ । प्राधिकरणका निर्देशक प्रबल अधिकारीले हाल यस विषयमा छलफल भइरहेको बताए । माघभित्र नै यसको प्रक्रिया पूरा असम्भव नै रहेको उनको भनाइ छ ।
यो निजी क्षेत्रको लगानीमा निर्माण गरेको पहिलो आयोजना हो । हिमाल पावर कम्पनीले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको थियो । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन हुन लागेको गत असार २७ गते नै २० वर्ष पुगेको हो ।
सम्झौताअनुसार अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको हुनेछ । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राप्mट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 53 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago