भर्खरै

प्राधिकरणले सार्वजनिक ग¥यो लोडसेडिङ तालिका, हेर्नुस् कहाँ कति समय जान्छ ?

  • प्रकाशित मिति : सोम, माघ ५, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । नेपाल विद्युत प्राधिकरण जुम्लाले दैनिक ९ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ ।  
 
जुम्ला वितरण केन्द्रले विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा दैनिक ९ घण्टा हुने लोडसेडिङ भन्दै आइतबार तालिका सार्वजनिक गरिएको हो ।
 
प्राधिकरणले सार्वजनिक गरेका तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ९ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने  जनाइएको छ ।
त्यस्तै ठूलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म (९ घन्टा) लोडसेडिङ हुने छ ।
जुम्ला वितरण केन्द्रका अनुसार विद्युतको माग धेरै र आपूर्ति कम भएकाले लामो समय लोडसेडिङ गर्नु परेको केन्द्रले जनाएको छ ।
 
वितरण केन्द्रका अनुसार जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । हालसम्म साना जलविद्युत आयोजनाबाट बिजुली वितरण भईरहेको छ । चन्दननाथ नगरपालिकाभित्र मात्र विद्युतको माग ८०० किलोवाट देखि १ मेगावाटसम्म छ । जुम्लाका स्थानीय आयोजनाहरूबाट अहिले २२० किलोवाट बिजुली उत्पादन भईरहेको छ । त्यो बिजुली पनि आवश्यकताअनुसार पानी र त्यसको बहाव पुगेपछि मात्र उत्पादन हुने गर्दछ । 
 
पानीको बहाब कम भएकाले विद्युत उत्पादन कम हुने र खपत धेरै हुने हुँदा बेलाबेलामा पावर हाउस नै बन्द गर्नुपर्ने अवस्था समेत आउने प्राधिकरणले जनाएको छ । हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ देखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द गर्नुपर्छ । 
 
यसअघि स्थानीय उपभोक्ता समितिमार्फत् वितरण गरिँदैको आएको विद्युत वितरण प्रणाली २०७७ जेठदेखि प्राधिकरणको स्वामित्वमा आएको छ ।

प्रतिक्रिया