भर्खरै

आम नागरिकलाई खुसिको खबर, आज देखि नागरिक एप’ शुभारम्भ

  • प्रकाशित मिति : शुक्र, माघ २, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २ माघ । सरकारले नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन नागरिक एप शुभारम्भ गरेको छ । 
 
आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले एपको बिटा भर्सन ‘नागरिक एप’ शुभारम्भ गरेका हुन । 
 
नेपाल सरकारबाट प्रदान गरिने हरेक सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । 
“सञ्चार र सुचना प्रविधिको टेवा, हात हातमा सरकारी सेवा” भन्ने नारासहित सार्वजनिक गरिएको एपबाट सहज रुपमा सरकारी सेवा लिन सकिने गुरुङले जानकारी दिए । ‘सरकारका सबै सेवालाई डिजिटलाईज गरी सबै सेवालाई एकै प्लेटफर्मबाट दिने उद्देश्यले एपको सुरुवात गरिएकोे मन्त्री गुरुङ्गको भनाई छ ।  
 
अब यस एपबाट पानदेखि नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता प्रमाणपत्रबारे पनि सेवा लिन सकिने साथै नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा भएको आफ्नो खाताबारे पनि जानकारी लिन सकिनेछ । हेलो सरकारलाई गुनासो गर्न एपबाटै सकिने उनले जनाए । एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, चालक अनुमती पत्रलगायत सेवाहरु पनि थप हुनेछ । अहिले परिक्षणको रुपमा मात्रै अगाडि बढाइएको उनले बताए ।
 
एप मार्फत सार्वजनिक बिदाको दिनमा पनि सरकारी सेवालाई निरन्तरता दिदैं सरकारी सेवालाई अझै प्रभावकारी बनाउन यस एप ल्याइएको मन्त्री गुरुङले बताए । सरकारको  डिजिटल नेपाल फ्रेमवर्क अन्र्तगत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago