भर्खरै

सिंगटी हाइड्रोले ४३ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : बिही, पौष २३, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । दोलखा जिल्लामा निर्माण भएको २५ मेगावाटको सिंगटी हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ ।
 
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको ४३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ४३ लाख ५० हजार कित्ता शेयर माघ पहिलो साताबाट निष्कासन गर्ने भएको हो ।
 
प्रभावित क्षेत्रका स्थानीयका लागि जम्मा शेयरमध्ये १४ लाख ५० हजार कित्ता छुट्याइएको छ । यो  शेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो ।
 
कमपनीका सञ्चालक बटु लामिछानेका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सम्भव भएसम्म माघ २ गतेबाट शेयर निष्कासन गर्ने तयारी भइरहेको छ । उनले भने प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याइएको शेयर बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्कान गर्ने तयारी छ । नेपाल धितो पत्र बोर्डले बुधबार शेयर निष्कासनको अनुमति दिएको छ ।
‘हामीले एक वर्षअघि नै शेयर निष्कासन गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका थियौं,’ उनले भने, ‘प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटलको लापर्वाहीले गर्दा ढिलो हुन पुग्यो ।’ उनले कम्पनीको नबिकेको शेयर प्रत्याभूति गर्न भएको सम्झौता ग्लोबल आइएमई क्यापिटलले तोड्दा १० करोड रुपैयाँ व्याय भार थपिएको आरोप लगाए ।
 
शेयर निष्कासन तथा बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन । 
 
 
प्राधिकरणले माघभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएकोले अब चाँडै आयोजनाको विद्युत जोडिने सम्भावना बढेको लामिछानेले बताए । प्रसारण लाइन समस्याले ६ महिनादेखि सिंगटी प्रणालीमा जोडिन सकेको छैन । हामीले ऊर्जाखबरलाई आधार मानेर यो समाचार तयार गरेका होैं । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago