दि गो ब्राण्डका विद्युतीय गाडीहरुको ब्राण्ड एम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठ

  • प्रकाशित मिति : बुध, पौष २२, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस । नेपालमा दि गो ब्राण्डका विद्युतीय गाडिहरु बिक्री गर्दै आएको एनईभी नेपाल प्रालिले उक्त ब्राण्डका गाडिहरुको ब्राण्ड एम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । 
 
बुधबार आयोजित कार्यक्रममा थी गो गाडिहरुको प्रवद्र्धनका लागि श्रेष्ठ ब्राण्ड एम्बासडरको रुपमा रहने कुरा सार्वजनिक गरिएको हो । विद्युतीय गाडिमा मोडिने अहिले उपयुक्त समय भएको भन्दै दि गो ले विद्युतीय यातायातमार्फत आर्थिक तथा बाताबरणीय क्षेत्रमा ठूलो लाभ लिन सकिने बताएको छ । 
 
साथै, कम्पनीले यस अभियानमा कलाकार श्रेष्ठको संलग्नता महत्वपूर्ण भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकले श्रेष्ठको सहभागिताले दि गो लाई नेपालका हरेक शहरहरुसम्म पुर्याउन आफूहरु सफल हुने विश्वास व्यक्त गरे । ब्राण्ड एम्बासडरको रुपमा विद्युतीय गाडिको प्रवद्र्धन गर्न श्रेष्ठले भूमिका खेल्नेछन् । 
 
दि गो नेपालका लागि उपयुक्त विद्युतीय सवारी साधन भएको कम्पनीको भनाई छ । शुन्य प्रदुषण गर्ने यस्ता गाडिहरुले नेपाललाई पर्यावरणमैत्री बनाउन सहयोग  गर्ने भन्दै एनईभीले जनाएको छ । दि गो का प्यासेन्जर भेहिकलहरुमा ईअइट ह्याटब्याक कार, कमर्सियल भेहिकलमा डाँफे माइक्रोबस, जोयलङ इसिक्स मिनिबसहरु रहेका छन् । कर्पोरेट नेपाल

प्रतिक्रिया