भर्खरै

अर्थतन्त्रमा कालो धब्बा

  • प्रकाशित मिति : बुध, पौष २२, २०७७
  • - विद्युत संसार
title

काठमाडौं २२ पुस । अप्रत्यासित रूपमा संसद् विघटन भएर देशमा नयाँ चुनावको मिति तोकिएको अवस्था छ । सरकार बाहिर रहेको सबैजसो दलहरु विरोध र आन्दोलनमा केन्द्रित भएका छन् । यस्तो अवस्थामा विकास निर्माणका कार्यक्रम मात्र होईन देशको अर्थतन्त्रमा नै ठूलो धक्का लाग्ने छ । 
 
प्रधानमन्त्री आफैँले भनेका छन् “राजनीतिक अस्थिरताले नै विकास निर्माणलाई बाधा पा¥यो । यो काम अरुबाट नभई आफ्नै दलभित्रबाट भएको भन्ने आरोप छ ।
 नेपालमा लामोसमयको अन्तरपछि स्थिर राजनीति सुरु भएको मानिएको थियो । तीन वर्षअघिको आम निर्वाचनमा जनताले कुनै एउटा दल वा गठबन्धनलाई दुई तिहाइको हाराहारीमा हुनेगरी मत दिएका थिए । त्यो सरकारले काम गरेको दुई वर्ष १० महिनामा त्यो मत काम नलाग्ने भयो र ताजा जनादेशमा जाने निर्णय भयो ।
 
खासगरी विकास निर्माणका सन्दर्भमा संसद् विघटन भएपछि जस्तो अन्योल खडा भयो, यही घटनाक्रमका कारण सोहीदिन ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएसँगै नयाँ मन्त्रीहरु नियुक्ति भएका छन् तर ती मन्त्रालयका काममा बाधा उत्पन्न गराउँछ नै । यी नयाँ मन्त्रीहरुको अवधि बैशाखसम्म मात्र हुने निश्चित छ । यस्तोमा नयाँ आउनेहरूको नेतृत्व स्थापित नै नभई सरकार परिवर्तनको संघारमा पुग्नेछ ।
 
विकास निर्माणका लागि सबैभन्दा उपयुक्त समय मानिने महिना आउँदै छ तर यहि महिनामा निर्वाचनको मिति तोकिएको छ । यो समयमा के विकासका कार्यक्रम अगाडि बढ्ला भन्ने आशंका छ  । कोरोनाका कारण ढिलाई भएको विभिन्न विकासका आयोजनामा राजनैतिक अस्थिरताले झनै अन्योलता तर्फ धकेलिएको छ भने देशको सम्पुर्ण अर्थतन्त्रमा नै कालो धब्बा लाग्ने अवस्था छ । विकास निर्माणको नारा घन्काउने सबै जसो नेताहरु समयमै सचेत नहुने हो भने नेपालले विकास निर्माणमा फ्ड्को मार्ने सपना, सपनामा नै सीमित हुने छ ।

प्रतिक्रिया