भर्खरै

रसुवागढी हाइड्रोपावरमा काम गर्ने मजदूरको हेलिकप्टरमार्फत उद्धार

  • प्रकाशित मिति : Fri-01-May-2020
  • - विद्युत संसार संवाददाता
title
        
    रसुवा,वैशाख । निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार गोसाइँकुण्डतर्फको पैदलमार्ग हुँदै आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकतर्फ हिँडेका अन्दाजी ३० वर्षीय सुरज लामाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।     
 आयोजनास्थल रसुवाको टिमुरेबाट यही वैशाख ६ गते घरतर्फ हिँडेका लामा लामो समयसम्म गन्तव्यमा नपुगेको प्रहरीले जानकारी पाएपछि खोज उद्धारका क्रममा सूर्यकुण्डको फेदीमा फेला परेको बताइएको छ । लकडाउनका कारण सडकमार्गको सवारी आवागमन बन्द भएपछि लामाले गोसाइँकुण्डको उच्च भूभागको बाटो रोजेको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।     
 लकडाउनपछि आफूले काम गरिरहेको चिनियाँ हाइड्रो सिडब्ल्युई कम्पनीलाई कुनै सूचना नदिई हिँडेका लामाको खोज उद्धारमा सहयोग पु¥याउन छिटोछरितो हेलिकप्टर उपलब्ध गराइएको रसुवागढी हाइड्रोका आयोजना प्रमुख छवि गैह्रेले बताए । हिमपात भइरहेका अवस्थामा निकै दिन उच्चभागमा रहेका लामाको स्वास्थ्य परीक्षणका लागि अहिले काठमाडौँस्थित सिभिल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।     
  
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago