भर्खरै

स्वदेशी तथा विदेशी माफियाहरुको स्वार्थमा ल्याउन लागेको विद्युतीय ऐन कर्मचारी युनियनद्वारा आन्दोलन गर्ने चेतावनी

  • प्रकाशित मिति : Tue-21-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाडौँ, ९ वैशाख,  नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन (आधिकारीक ट्रेड युनियन)ले का कर्मचारीहरुले प्रस्तावित विद्युत  ऐन (विधेक) २०७६ माफियाहरुको स्वार्थमा आएको भन्दै खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
 
नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनिएन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले नेपाल विद्युत प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनर नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङ को समेत  ध्यानाकर्षण गराउँदै चेतावनी दिएको हो ।
 
युनियनका संयोजक रामेश्वर प्रसाद पौडेलद्वारा निकालिएको ध्यानाकर्षण पत्रमा सरोकारवालाहरुसँग पटक पटक छलफल गरी मात्र अगाडी बढाउने आश्वासन पाएकोमा हाल पर्याप्त छलफल बिना नै मन्त्री परिषद्बाट पारित भएको सो ऐनमा उल्लेख प्रावधान स्वदेशीरविदेशी माफियाहरुको स्वार्थमा रहेको राष्ट्रघाती प्रावधान भन्दै खारेजीको माग गरेको छ ।
 
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘स्वास्थ्य तथा शिक्षा क्षेत्रमा जस्तै उर्जा क्षेत्रमा समेत राज्यको उपस्थिति दयनिय हुने गरी स्वदेशीरविदेशी माफियाहरुको स्वार्थमा त्यस्तो प्रावधान आएको तर्फ सचेत हुँदै त्यस्ता राष्ट्रघाती प्रावधानहरु खारेज गर्न जोडदार आग्रह गर्दछौँ ।’
 
युनियन लगायतका सरोकार पक्षहरुसँग व्यापक छलफल पश्चातमात्र ऐन अगाडि बढाउन आग्रह गर्दै अन्यथा आफूहरु आन्दोलनमा समेत जान बाध्य हुने चेतावनी दिइएको छ ।
 
युनिएनसँग कुनै संवाद तथा छलफल नचलाई पारित गरिएको उक्त ऐन नेपाल विद्युत प्राधिकरणको भविष्यमाथि खेलवाड हुने गरी आएको पत्रमा उल्लेख छ ।
 
प्रस्तावित ऐनमा उत्पादन प्रसारण र वितरणको जिम्मेवारी एउटै संस्थालाई दिन नमिल्ने व्यवस्था प्रावधानमा रहेको भन्ने बुझिन आएकोबाट यसले नेपाल विद्युत प्राधिकरण र त्यहाँ कार्यरत कर्मचारीहरुको भविष्यसमेत गम्भिर संकटमा पर्ने हुँदा समयमानै उक्त कदम नसच्यि भविष्य सुनिश्चितताको लागि आन्दोलन गर्न बाध्य हुने जानकारी गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले २०७७ बैशाख ०९ गते प्रेसित गरेको  ध्यानाकर्षण पत्र ः

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago