भर्खरै

शहिद लखन गाउँपालिकामा ४२ जनाको डायग्नोष्टिक र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ,

  • प्रकाशित मिति : Tue-21-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
गोरखा, ९ वैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले विदेशबाट फर्किएहरुको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सम्पन्न गरेको छ ।
 
चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका ४२ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको नेगेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले विद्युत संसारलाई जानकारी दिए।
 
यस शहिद लखन गाउँपालिकाका ४२ जनाको र्‍यापिड टेस्ट विधिबाट दुई ठाउँमा टेस्ट गरिएको थियो । गाउँपालिकाको वडा नं १, २, ३, ४, र ५ का १६ जना पुरुष मात्र रहेको मनकामना स्वास्थ्य इकाईमा यहि बैशाख ८ गते र वडा नं. ६, ७, ८ र ९ को २६ जना मध्ये २३ जना पुरुष र ३ जना महिला सहित को बैशाख ७ गते  जनशक्ति मा.वि. ,नामजुङमा गरिएको गाउँपालिकाका अध्यक्ष मगरले  बताए ।
 
प्रत्यक्ष अप्रत्यक्ष रुपमा कोरोना भाइरस नियन्त्रण कार्यमा खटिने गाउँपालिका  विभिन्न संघ, संस्था, एनजिओ,आईएनजिओ एवं परीक्षणमा सहयोग गरिदिनु हुने स्वास्थ्य कार्यालय गोरखा प्रति  सबैमा  धन्यवाद व्यक्त गर्दै निरन्तरको सहयोगको अपेक्षा रहेको शहिद लखन गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत जीवन बहादुर आलेमगरले विद्युत संसारलाई बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago