भर्खरै

लकडाउनमा इन्टरनेट सेवा नकाट्नु : दूरसञ्चार प्राधिकरण

  • प्रकाशित मिति : Fri-17-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाण्डौं,बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । 
 
लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ । 
 
प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago