एप्पलको एसई सबैभन्दा सस्तो आइफोन सार्वजनिक, भोलि बैशाख ५ गते बाट मोबाइलको प्रि–अर्डर खुला हुने

  • प्रकाशित मिति : Thu-16-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title

 
एप्पल कम्पनीले अहिलेसम्मकै सस्तो आइफोन सार्वजनिक गरेको छ। लामो समयदेखि चर्चामा रहेको आइफोन– एसई बुधबार सार्वजनिक गरेको हो।
 
कम्पनीले पहिलोपटक सस्तो फोन सार्वजनिक गरेको जनाएको छ। तर, सन् २०१६ मा पनि करिब यसै मूल्य ९४ सय २९ डलर० बराबरको  आइफोन– ८ सार्वजनिक गरेको थियो।
 
कोरोना भाइरसका कारण ढिलो सार्वजनिक गरेको एसईको मूल्य तीन सय ९९ सय डलर ९करिब ४९ हजार नेपाली रुपैयाँ० रहेको छ । 
 
एसईमा ४।७ इन्चको डिस्प्ले रहेको छ भने यो मोबाइल फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर अनलक रहेको जनाइएको छ । फोनमा १२ मेगापिक्सलको मुख्य क्यामरा र सेल्फी क्यामेरा ७ मेगापिक्सलको रहेको छ ।
 
६४, १२८ र २५६ जिबी भेरियन्टमा रहेको मोबाइल सेतो, कालो र रातो कलरमा अहिले सार्वजनिक भएको छ। भोलिबाट मोबाइलको प्रि–अर्डर खुला हुने यस कम्पनीको आधिकारीक वेभसाईट www.apple.com मा उल्लेख गरिएको  छ । 
 
अहिलेसम्मकै सस्तो आइफोन नेपाली बजारमा पनि ५० हजारभन्दा कम मूल्यमै पाइन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया