भर्खरै

नेपाल विद्युत प्राधिकरण ले रु. १ लाखसम्म विद्युत् महशुल अनलाइनबाटै

  • प्रकाशित मिति : Thu-16-Apr-2020
  • - Admin
title
 
काठमाण्डौं,बैशाख । नेपाल विद्युत् प्राधिकरणले एक लाख रुपैयाँसम्मको विद्युत् महशुल अनलाइनमार्फत र सोभन्दा बढी भएमा वितरण केन्द्रसँगको समन्वयमा बैकिङ प्रणालीमार्फत बुझाउने व्यवस्था गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । महसुल काउण्टरहरूमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउने प्राधिकरणले बताएको छ ।
 
१० चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्राहकलाई अनलाइनमार्फत बिजुलीको बिल तिर्न आह्वान गरेको थियो तर मिटर रिडिङको अपडेट नहुँदा निर्णय कार्यान्वयनमा आएको थियो । मिटर रिडिङ अपडेट गरेर अनलाइनमार्फत महशुल भुक्तानीको लागि व्यवस्था गरिएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए ।
 
लकडाउनको अवधिमा विद्युत् महशुल तिर्न नसकेमा पनि जरीवना नगर्ने निर्णय गरेको प्राधिकरणको बैठकले विद्युत् प्राधिकरणका कर्मचारीलाई बिदा नदिने निर्णय समेत गरेको थियो । तर, प्राधिकरण स्रोतका अनसार कर्मचारी नआएकै कारण मिटर रिडिङ अपडेट हुन सकेको थिएन ।
 
हालै अपडेट गरेर अनलाइमार्फत भुक्तानीको व्यवस्था गरेको हो । पछि समायोजन गर्ने गरी अघिल्लो महिनाको बिलको आधारमा मिटर रिडिङ अपडेट गरिएको छ । प्राधिकरणका अनुसार, हालसम्म अनलाइनमार्फत विद्युत् महशुल बुझाउनेको संख्या कम भएपछि मिटर रिडिङ अपडेट भएपछि बढ्ने अपेक्षा गरिएको छ । प्राधिकरणले सुरुमा एक अर्बजतिको महशुल अनलाइनमार्फत भुक्तानी हुुने अपेक्षा गरेको थियो । जरिवाना पनि नलाग्ने कारणले ग्राहकले अनलाइमार्फत विल भुक्तानीमा खासै चासो नदेखाएको हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
 
गत असारमा ५ लाख ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्र्ने गरेकोमा फागुनमा बढेर ७ लाख पुगेको छ । गत असारमा ५ लाख ग्राहकले ४५ लाख बराबर अनलाइनबाट भुक्तानी गर्ने गरेकोमा गत फागुनसम्म बढेर ७ लाख ग्राहक र झण्डै ७७ लाख भुक्तानी पुगेको छ ।
कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago