भर्खरै

सञ्चारकर्मीलाई न्यूनतम सेवासुविधाबाट वञ्चित गरिएकोप्रति ध्यानाकर्षण

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - रासस
title
काठमाण्डौ,बैशाख । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति ध्यानाकर्षण गरिएको छ ।
 
सञ्चार प्रतिष्ठानहरुले लकडाउनभन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिकसमेत उपलब्ध नगराउँदा श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य भएको महासङ्घले आज जनाएको छ । कोरोना सङ्क्रमणले मानवीय सङ्कट गहिरिँदै जाँदा श्रमजीवी पत्रकारले बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक प्राप्त गर्न नसक्नु तथा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले महासङ्घलाई गम्भीर र चिन्तित बनाएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
महासङ्घले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहसँग माग गर्दै अन्यथा, श्रमजीवी पत्रकारको पेशागत हक र अधिकार स्थापित गर्न कानूनीलगायत सबै प्रकारको सङ्घर्षमा जाने उल्लेख गरेको छ । पछिल्लो समय नेपाल रिपब्लिका मिडिया प्रा.लिबाट प्रकाशित रिपब्लिका अङ्ग्रेजी दैनिकमा कार्यरत पत्रकारलाई बक्यौता र पछिल्लो महिनाको पारिश्रमिकसमेत उपलब्ध नगराई एकतर्फी ढङ्गबाट प्रकाशन स्थगित गरिएकोप्रति महासङ्घले ध्यानाकर्षण गरिएको छ ।
 
महासङ्ले रिपब्लिका व्यवस्थापन पक्षलाई तत्काल संवाद गरी समस्या समाधान गर्न माग गरेको छ । साथै, अहिलेको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसूचित गर्न अहोरात्र क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहहरुका लागि तत्काल राहत र सहुलियत प्रदान गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।
 
पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासङ्घकोे ध्यानाकर्षण
 
काठमाण्डौ,बैशाख । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण गरिएको छ ।
 
यही वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहाना बनाएर नौ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासङ्घमा जानकारी दिएको छ ।
 
महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गर्दै महासङ्घ घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago