प्राविधिक समस्याको कारण कुलेश्वर वितरण केन्द्र अन्र्तगत अझै तीन -चार घन्टा बत्ति नआउने ः प्रवक्ता अधिकारी

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title

बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले काठमाडौ  को डल्लु क्षेत्रमा ट्रान्सफर्मरमाथि ट्यापिङ प्वाइन्टमा काग परेको र तीन ठाउमा जम्पर तार चुँडिन गई प्राविधिक समस्या आएका कारण ३ –४ घन्टा बत्ति नआउने जानकारी दिएका छन् । कुलेश्वर वितरण केन्द्र अन्तर्गतका  ११ केभी टेकु(ताहचल फिडर कालिमाटी हुँदै टंकेश्वरसम्म हिजो  अर्थात् मंगलबार नै सप्लाई चालू भैसकेको र बाँकी  ताहचल एरियका केही स्थान लगायत डल्लु क्षेत्रमा ६ वटा ट्रन्सफर्मर र चमती क्षेत्रमा ४ वटा ट्रान्सफर्मर गरी जम्मा १० वटा ट्रान्सफर्मर चालू हुन बाँकी छन् । यसअन्तर्गत पर्ने करिब १००० ग्राहक यसबाट प्रभावित बनेका छन् । हिजो साँझ करिब ६ बजेदेखि आपूर्तिमा समस्या देखिएकाले केही उनले सर्वसाधारणलाई केही घन्टा धैर्य गर्न आग्रह गरेका हुन् ।
प्रवक्ता अधिकारीले सर्वसाधारण लाई बुझ्ने गरी सामाजिक संजाल बाट  उठ्न सक्ने जिज्ञासा वा प्रश्नको जवाफ समेत दिएका छन् । मर्मत भइरहेकाले सकेसम्म छिटो आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको पनि जनाइएको छ ।
सामाजिक संजालमा लेखिएको टेक्निकल नोट 
 
१. हिजो कती बजेबाट सप्लाईमा समस्या आएको थियो ?
 
मंगलबार बिहान ५:५० बजेदेखि ।
२. कसरी समस्या आयो ?
डल्लु क्षेत्रमा ट्रान्सफर्मरमाथि ट्यापिङ प्वाइन्टमा काग परेको र तीन ठाउमा जम्पर तार चुँडिन गएकोले समस्या आयो ।
३. समाधानकालागी के कस्ता प्रयास भए हिजो ?
लाइन तथा डिस्क, पिन इन्सुलेटर मेगर गर्दै, सेक्सन छुट्याउँदै स्वस्थ्य लाइन भएको क्षेत्रमा विद्युत सप्लाई दिने काम भयो । ११ केभी टेकु(ताहचल फिडर कालिमाटी हुँदै टंकेश्वरसम्म हिजो  अर्थात् मंगलबार नै सप्लाई चालू भयो ।
४. अझै कुन कुन एरिया मा बिद्युत सप्लाई सुचारु गर्न बाँकी छ ?
ताहचल एरियका केही स्थानलगायत डल्लु क्षेत्रमा ६ वटा ट्रन्सफर्मर र चमती क्षेत्रमा ४ वटा ट्रान्सफर्मर गरी जम्मा १० वटा ट्रान्सफर्मर चालू हुन बाँकी छन् । यसअन्तर्गत पर्ने करिब १००० ग्राहक यसबाट प्रभावित बनेका छन् ।
५. अहिले के काम हुँदैछ ?
आज बुधबार बिहानैदेखि प्राविधिक कर्मचारीहरू फिल्डमा खटिइसक्नु भएको छ । जम्पर छुट्याएर हरेक इन्सुलेटर मेगर गर्दै काम अगाडि बढाइएको छ । जति चाँडो त्यसबाट फल्ट पत्ता लाग्छ, त्यति चाँडो विद्युत सुचारु हुनेछ ।
६. बढिमा कती समय लाग्ला ?
समस्या कहाँनिर रहेछ सो पहिचान भयो भने अब खासै समय नलाग्ला । वर्स्ट केसमा ३-४ घण्टासम्म लाग्न सक्छ । सकेसम्म चांडो बिद्युत सप्लाई सुचारु गर्न इमान्दारिताका साथ प्रयास भइरहेको छ । यसबाट सम्बन्धित ग्राहकहरूमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ ।
 

प्रतिक्रिया