भर्खरै

लकडाउनमा घरमै बसेर कसरी लिने ई–पास ? यस्तो छ प्रावधान :

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - Admin
title

 

काठमाडौं , बैशाख ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई–पास) दिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणपछि लकडाउनको अवस्थामा अत्यावश्यक रुपमा आवतजावत गर्ने सवारी साधनका लागि इ–पासको व्यवस्था गरेको हो ।
 
ई–पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढाइरहेका बेला उसले अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।
 
अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको छ ।
 
कसरी लिने ई–पास ?

ई–पास लिन आवेदकले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । तपाईले एसएमएस गर्दा जुनसुकै कोड राख्न सक्नुहुनेछ ।
 
एसएमएसपछि गृह मन्त्रालयको  https://epass.moha.gov.np/  लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।
 
त्यसमा अनलाइनमा नागरिकता, सवारी साधनको विवरण, पास चाहिएको अवधि, किन चाहिएको हो भन्ने विषय समेत खुलाउनु पर्नेछ । यी विवरण भरेर मात्रै पनि हुँदैन । त्यसका लागि सहयोगी कागजात पनि अपलोड गर्नुपर्ने हुन्छ ।
 
प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

प्रतिक्रिया