भर्खरै

गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने सरकारको निर्णय

  • प्रकाशित मिति : Tue-14-Apr-2020
  • - रासस
title

  कास्की, वैशाख  ।गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । 
 
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले बताए ।  
 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई रु १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ । नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरिएको सरकारले जनाएको छ । त्यसैगरि डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २२० का दरले खान, बस्ने रकमको सीमा तोकेको छ । 
 
त्यसैगरी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनका लागि काम अघि बढाउने भएको छ । 
 रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago