भर्खरै

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

  • प्रकाशित मिति : Tue-14-Apr-2020
  • - रासस
title

 कास्की,  वैशाख  ।  कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा स्वास्थ्यसम्बन्धी भइरहेका क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पु¥याउने लक्ष्य राखेको छ । एन्ड्रोइड मोबाइल फोनमा प्लेस्टोरमा गएर ‘गण्डकी स्वास्थ्य’ एप्स डाउनलोड गर्न सकिने निर्देशनालयले जनाएको छ ।
 
सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सो एप्सको उद्घाटन गरेको थियो । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले एप्सको माध्यमबाट सर्वसाधारणसम्म हालसम्म प्रदेशमा भए÷गरेका गतिविधि पुग्ने र कोहीकसैलाई केही स्वास्थ्य समस्या आइपरेमा निर्देशनालयमा सम्पर्क गर्न सकिने बताए।
 
निर्देशनालयले गण्डकी प्रदेशका हालसम्म एक हजार ७८२ जनाको कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको जनाएको छ । चैत महिनामा भारतलगायतका मुलुकबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सरकारले प्रदेशका ११ वटै जिल्लामा आरडिटी परीक्षण शुरु गरेको थियो । सोमबार साँझसम्म कास्कीमा ८०, स्याङ्जामा २०९, तनहुँ ७९, लमजुङ १०८, गोर्खा २८ र पर्वतमा २३९ जनाको आरडिटी परीक्षण गरिसकिएको छ । 
 
त्यसैगरी म्याग्दीमा ५२, बाग्लुङ ९११, नवलपुर ६९ र मुस्ताङमा सात जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । परीक्षण गरेकाहरु सबैको नतिजा नेगेटिभ आएको बताइन्छ । प्रत्येक जिल्लाका स्थानीय तहसम्म पुगेर विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गर्ने गरिएको निर्देशनालयका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिएको थियो । 
(रासस)
 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago