भर्खरै

लायन्स क्लब अफ काठमाण्डौ गौरब द्धारा वनस्थली र कपनमा राहत वितरण

  • प्रकाशित मिति : Mon-06-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाडौँ  चैत  ।  लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रीक ३२५ बी १ नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाण्डौ गौरबद्धारा काठमाण्डौ महानगरपालिका वनस्थली ढुङ्गेधारा स्थित दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने र बुढानिलकण्ठ नगरपालिका बालुवा खानी  कपन स्थित अन्तरदृष्टि नेपाल नामक संस्थामा आवद्ध असाह् ,सडक बालबालिका तथा टुहुरा  बालबालिका हरुलाई संयुक्तरुपमा   लायन्स क्लब अफ काठमाण्डौ गौरब द्धारा  खाद्य सामग्रीहरु वितरण गरेको छ ।
 
संचालक अध्यक्ष नन्दा सिहंले यस संस्थामा दैलेख र कालिकोट जिल्लाका  १२ जना  बालबालिकाहरुलाई निजी व्यवस्थापन बाट शिक्षा स्वास्थय सम्हाल्दै आएको,सरकार बाट कुनै सहयोग नपाएको ती १२ जना लाई खानपान, शिक्षा र घरभाडामा  करिब प्रति महिना ६५ हजार देखि ७० हजार सम्म लाग्ने भएको ले  विभिन्न संघ संस्थाहरुलाई सहयोग गरिदिन अपिल गर्दै  सहयोगी हातहरु प्रति  धन्यबाद एवं आभार प्रकट गरेको कुरा  बिद्युत संसार लाई बताए । 
 विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई राहत दिने उदेश्याका साथ  राहत वितरण गरेको हो। दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वनस्थली का  करिब १५ जना  मजदुर को लागि ३ बोरा चामल, १ बोरा चिउरा, २ कार्टनु तेल,चिनी चियापत्ती लगायत खाद्य सामग्री र कपनमा ५ बोरा चामल, १ बोरा चिउरा, २ कार्टनु तेल,चिनी चियापत्ती लगायत खाद्य सामग्री प्रदान गरिएको यस लायन्स क्लबका अध्यक्ष शान्ता पाण्डेले हामीसँगको कुराकानीमा बताए  ।
 
 
नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने मजदुरहरुको लागि र बालबालिका हरुको संरक्षण गर्ने  संस्थालाई खाद्य सामग्री प्रदान गर्न क्लबका उपाध्यक्ष ,पूर्व अध्यक्ष, लगायत क्लबका सदस्यहरुको सहभागिता बाट  आर्थिक  संकलनगरि उक्त राहत बितरण गरिएको र आगामी दिनहरुमा  लायन्सको “राईज टू इम्पावर ” नारालाई सार्थक रहनेगरि प्रभावकारी ढंगले सहयोग गर्ने  क्लबका उपाध्यक्ष दयाराम कार्की ले विद्युत संसार लाई बताए । 
 
लायन्स क्लब अफ काठमाण्डौ गौरब ले बार्षिक क्यालेण्डर अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, जाडोमा न्यानो कपडा बितरण, शैक्षिक सामाग्रीहरुको  बितरण, धार्मिक मठमन्दिरहरुमा सरसफाई कार्यक्रमहरु ,पिकनिक कार्यक्रम, क्लबका सदस्यहरु बिचमा रिफ्रेसमेन्ट एवं  मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु गरी   सामाजिक कार्यमा अग्रणि भूमिका निर्वाह गर्दै आएको छ ।  
 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago