भर्खरै

लिखित शर्तमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना सुचारु

  • प्रकाशित मिति : Sat-04-Apr-2020
  • - Admin
title

 
 
लमजुङ, चैत २२ गते । लमजुङको दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजना स्थानीय तहसंगको लिखित शर्तपछि सुचारु भएको छ ।
 
दोर्दी गाउँपालिका र जलविद्युत आयोजनाबीच आयोजना सञ्चालन सम्बन्धी आचारसंहिता अनुसार लिखित शर्त भएपछि सुचारु भएको हो । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन नेपाल सरकारले लागु गरेको लकडाउनको सबै सावधानीहरुको पालना गर्नका लागि आचारसंहिता बनाइएको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार लिखित शर्तमा तथा आचारसंहिता पालना गर्ने गरी दुवै पक्षबीच मञ्जुरीमा सम्झौता भएको छ । आयोजनाले अहिले काम थालेको जनाएको छ ।
शर्तमा दोर्दी गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनाले नेपाल सरकारको लकडाउनको नियमलाई पूर्ण रुपमा पालना गर्ने, बढीमा १५/१५ जनाको समूहमा ३/३ मिटरको दुरीमा रहेर काम गनुपर्ने उल्लेख छ । कम्पनीले आफ्नो कार्य क्षेत्रलाई सम्बन्धित वडाको वडाध्यक्ष र सरोकारवालाको उपस्थितिमा कार्य क्षेत्र तोकी कार्य क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा सार्वजनिक सूचना टाँस गरी तोक्नुपर्ने अध्यक्ष गुरुङले बताए ।
 
उपाध्यक्ष दीलबहादुर घलेका अनुुसार आयोजनाको कार्य क्षेत्रभित्र तोकिएको कर्मचारी तथा कामदार बाहेक अन्य व्यक्तिलाई प्रवेश गर्न र भित्रको कर्मचारी र कामदारलाई तोकिएको क्षेत्र भन्दा बाहिर निस्कन पाइने छैन । कार्य क्षेत्रभित्रको कर्मचारी तथा कामदारको आवास र खानाको व्यवस्था तोकिएको क्षेत्रभित्र हुनुपर्ने छ । अन्य बजार वस्तीमा लकडाउन अवधिभर खाना बस्न पाइने छैन ।
 
अफिस क्वारेन्टाइनमा बसेर १४ दिन पुरा गरी सकेको कर्मचारी र कामदार बाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ । कार्यरत कर्मचारी र कामदारको स्वास्थ्यमा आउन सक्ने सम्पूर्ण जिम्मेवारी कम्पनी स्वंयमले व्यवस्थापन गर्ने सहमति भएको छ । कम्पनीका साधनहरु अन्य आवश्यक खाद्यान्न ढुवानीको अवस्था बाहेक तोकिएको कार्यक्षेत्र भन्दा बाहिर लान र ल्याउन पाइने छैन । स्थानीय स्तरमा लकडाउन अवधिभर पर्न सक्ने विविध समस्याहरु स्वंय कम्पनी र प्रभावित क्षेत्रको सरोकारवालाहरुसंग कम्पनीले सहकार्य र समन्वय गर्नुपर्ने छ ।
 
आयोजनाको सबै कर्मचारी र कामदारको लिखित विवरण गाउँपालिकालाई उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिका बाहिरका व्यक्तिलाई लकडाउन अवधिभर निषेध गरिएकाले लामो दुरीबाट आउने साधन आउन नपाइने भएको छ । अत्यावश्यक सामाग्री लिएर आउनु पर्ने भएमा गाउँपालिकाको अनुमति लिएर मात्र स्वास्थ्य चेकजाँच गरी आउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
 
लकडाउनको अवस्थामा तोकिएको अवस्थाको निती नियमलाई पालना गर्ने र सरकारबाट थप कडा निति आएमा स्वत सम्झौता खारेज हुने जनाएको छ । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम आंशिक मात्रामा सुरु भएको छ । आयोजनाका प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीका अनुसार टनेल र ड्यामको काम भइरहेको छ । पावरहाउसको काम भने हुन सकेको छैन । उहाँले भन्नुभयो–‘लकडाउनले आयोजनाको काम हुन सकेको थिएन । स्थानीय तहसंग सम्झौता गरेर काम सुरु गरेका छौं । केही काम सुरु गर्ने तरखरमा छौं ।’
 
दोर्दीखोलामा केही आयोजनाको काम भइरहेको छ । केही आयोजनाको स्थानीयसंग सहमति हुन बाँकी रहेको जनाएको छ ।
दोर्दीखोलामा ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना र छ्याङदी खोलामा ४ मेगावाटको माथिल्लो छन्दी जलविद्युत आयोजना निर्माणधीन छन्
स्रोत ः गोरखापत्र  अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago