भर्खरै

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

  • प्रकाशित मिति : Mon-06-Apr-2020
  • - रासस
title

काठमाडौं  । ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।
 
मन्त्री पुनले सोमबार काठमाडौंबाट चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् ।
 
मन्त्री पुनले पीपीई सेट मात्र ११० थान पठाएका छन् । यस्तै पञ्जा एक जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थानसमेत रोल्पा पठाइएको छ ।
 
रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।
 
जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वा्चित सांसदका हैसियतमा आपतका समयमा मदतासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् ।
 
यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मो्मिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् । रासस
 
 

प्रतिक्रिया