भर्खरै

डेरावालबाट बढि शुल्क नलिई बिजुलीको डिमाण्ड बढाउन सघाउन घरबेटीलाई कुलमानको आग्रह

  • प्रकाशित मिति : Sun-05-Apr-2020
  • - Admin
title

 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटी ग्राहकलाई डेरामा बस्नेबाट बढि बिजुली महशुल नलिन आग्रह गरेका छन् । 
 
 
घरवेटीबाट बिजुलीको बिलमा उपभोक्ता ठगिएको र प्राधिकरणको नेतृत्व सम्हालेको तीन बर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा त‍ोकेक‍ो बढि लिने घरबेटीलाई कारबाही गर्ने बताएपनि कार्यान्वयन गर्न सक्नुभएन नि भन्ने क्यापिटल नेपालको जिज्ञासामा उनले बरु भाडा लगायतका अन्य कुरामा ट्यारीफ लगाएपनि बिजुलीमा बढि नलिन घरबेटी ग्राहकलाई आग्रह गरे । 
 
उपभोक्ताबाट बेलाबेलामा अनौपचारिक रुपमा गुनासो आएपनि प्राधिकरणलाई औपचारिक रुपमा समस्यामा परेर गुनासो नआएको घिसिङले बताए ।
 
‘हामी आएको गुनासो अनुसार गर्छौ नै । अहिले त्यस्तो गुनासो आएको छैन । पव्लिक्लि लिखितमा गुनासो आयो भने हामी त्यसलाइ सुनुवाइ गर्छौ नै’ उनी भन्छन, ‘घरबेटी ग्राहकलाई मेरो पनि विनम्र अनुरोध छ कि जति आफुले तिर्नुपरेको हो, त्यति नै घरबहालमा बस्नेबाट लिइदिन र बढि नलिन अग्रह छ । १०/२० पैसा तलमाथि फरक पर्न सक्छ । तर, ४/५ रुपैयाँ लिने कुरा फियर छैन ।’
 
सवै डेरावालमा बस्नेको सब मिटर हुने भएकाले महिनामा उठ्ने तिर्नुपर्ने बिलबाट कति युनिट खपत गरेको छ त्यसआधारमा महशुल लगाउन र बढि नलिन घिसिङले आग्रह गरे । उनी भन्छन, ‘बरु भाडा बढि लिने हो भने लिने तर, बिजुलीको महशुल जति महिनामा खपत हुन्छ, त्यसका आधारमा प्रस्पोस्नेटमा तिरे भइहाल्यो नी । किनकि सवै ग्राहककोमा सव मिटर हुन्छ नै । तर, अनावश्यक रुपमा बढि बिल नलिन मेरो विनम्र अनुरोध छ ।’
 
बढि बिजुलीको बिल तिर्नुपर्दा भाडामा बस्नेलाई डिस्करेज गर्ने र महंगो हुने भएकाले विद्युत्को डिमाण्ड सप्लाइ बढाउन र राष्ट्रको हितका लागि सहयोग गर्न सबै घरबेटीलाइ आग्रह गरे । ‘तपाईंले ३/४ रुपैयाँ बढि लिनुभयो भने डेरामा बस्नेलाई महंगो पर्छ । उसले इलेक्ट्रिक कुकिङ जोड्दैन’ उनले थपेँ, ‘यो राष्ट्रका लागि राम्रो होइन, किनभने उसले ग्याँस नै प्रयोग गर्न थाल्छ । डिमाण्ड सप्लाइ बढाउन सहयोग गर्नुस।’
उनका अनुसार १ रुपैयाँ बढि लिनु भनेको महशुलको १० प्रतिशत बढ्नु हो । 
 
घर भाडामा बस्नेहरुलाई परेको समस्या प्राविधिक रुपमा हटाउन गरि आगामी दिनमा स्मार्ट मिटर छुट्टै दिन सकिने घिसिङले बताए । तर, त्यसका लागि समय लाग्ने उनको भनाइ छ । घरबेटी र डेरामा बस्नेबिच पनि बिजुली महशुलका सम्वन्धमा अन्डर्स्टान्डिङ हुनुपर्ने उनको बुझाइ छ ।
 
अहिले काठमाडौं उपत्यका सहित मुख्य मुख्य सहरमा घरबेटी डेरामा बस्नेबाट १५ देखि २० युनिट सम्म असुल्ने गरेको उपभोक्ताको गुनासो छ । 
सरकारले ग्राहकलाई विद्युत बढी खर्च गर्न र इलेक्ट्रिक कुकिङ प्रयोग गर्न जोड दिइरहेका बेला घरबेटीले बढी महशुल लिने क्रम रोकिएको छैन् । जसका कारण निम्न र गरिब ग्राहक र भाडामा बस्ने उपभोक्ता भने ठगिएका छन् ।
 
भाडामा बस्नेहरुको समस्या सम्वोधन गर्ने गरी  अध्ययन गरिरहेको विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर बिष्टले बताए । यसमा आयोग सर्वसाधारणको राय र सुझावका आधारमा अघि बढ्ने उनको भनाइ छ । अहिले सरकारले विद्युत्ती इन्डक्सन चुलो खरिदमा २० प्रतिशत भन्सार छुट दिएको छ ।
स्रोत ः क्यापिटल नेपाल अनलाईन बाट

प्रतिक्रिया