भर्खरै

अभि मिडिया प्रोडक्सन प्रालि द्धारा प्रकाशित विद्युत संसारको ५ औं वर्षमा प्रवेश

  • प्रकाशित मिति : Mon-30-Mar-2020
  • - भीमलाल श्रेष्ठ
title

 
 
 यस अभि मिडिया प्रोडक्सन प्रालि द्धारा प्रकाशित विद्युत संसारको ४ बर्ष पुरागरि ५ औं वर्षमा प्रवेश को उपलक्ष्यमा मेरा सम्पूर्ण कर्मचारी,सह सम्पादक,प्रधानसम्पादक,ग्राहक वर्गहरु,कम्पनी,डिलर एवं विज्ञापनदाताहरुमा हार्दिक कृतज्ञता साथै  हार्दिक शुभकामना व्यक्त गर्दछु । यहाँहरुको निरन्त साथ र सहयोग को कारण यस अभि मिडिया प्रोडक्सन प्रालि द्धारा प्रकाशित विद्युत संसार को गरिमा उच्च भएको कुरामा कुनै दुईमत छैन र भबिस्यमा पनि यहाँहरुको साथ र सहयोग को अपेक्षा  गर्दछु । हाल आएर  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को माहामारी र विगत ११ गते मंगलबार  देखि राज्यले देशभर स्वास्थ्य को कारण लकडाउनको घोषणाले  बिगत को बर्षजस्तो बार्षिक उत्सव र बिशेषांक प्रकाशन गरि स्थापना दिवस मनाउन नपाएको अहिलेको बाध्यात्मक परिस्थिती बाट नियमित कार्यको सबै महानुभावहरु प्रति पुग्न गएको असुविधा प्रति  क्षमा प्रार्थी छौं ।  यो बिषम परिस्थितीमा आइपरेको  संकटलाई घरमै बसेर परिवारको साथमा रही स्वस्थ्य  रहनुहोला । आशा छ  मेरा सम्पूर्ण कर्मचारी , सह सम्पादक, प्रधानसम्पादक, ग्राहक वर्गहरु , कम्पनी ,डिलर एवं विज्ञापनदाताहरुमा अहिलेको यो विश्वव्यापी विपत्तिलाई पार लगाउन आफु पनि बाँचौ र अरुलाई पनि बचाँऔ भन्दै आ आफ्नो ठाउँबाट सकृय भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। 
धन्यवाद । 
भवदिय,
 सम्पादक
 भीमलाल श्रेष्ठ
एवं अभि मिडिया प्रोडक्सन प्रालि परिवार (विद्युत संसार साप्ताहिक)

प्रतिक्रिया