भर्खरै

प्राधिकरणले निजी क्षेत्रका आयोजनाको विद्युत बिक्री बापतको भुक्तानी रोक्यो

  • प्रकाशित मिति : Fri-27-Mar-2020
  • - Admin
title

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन गरिरहेका निजी क्षेत्रका जलविद्युत आयोजनाको बिल भुक्तानी रोकेको छ । प्राधिकरणले विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को असरले देश नै लकडाउनमा रहेका कारण बुधबारदेखि भुक्तानी  रोकेको हो ।

प्राधिकरण विद्युत व्यापार विभागले सूचना जारी गरी लकडाउनको समयमा सञ्चाटलित आयोजनाको मिटर रिडिङ हुन नसकेकाले भुक्तानी पनि रोक्नु परेको जनाएको छ । विभागका अनुसार कोरोना असरका कारण निजी क्षेत्रका जलविद्युत गृहको मिटर रिडिङ कार्य प्रभावित भएको छ ।

‘कोरोना असरले परिस्थिती काबु बाहिर हुँदा प्राधिकरणले दायित्व निभाउन सकेको छैन,’ सूचनामा भनिएको छ, ‘विद्युत खरिद सम्झौता (पिपिए) मा उल्लेखित व्यवस्थाअनुसार भुक्तानी गर्न ढिलाई हुँदा क्षतिपूर्ति वा हर्जना बुझाउन नसक्ने समेत जानकारी गराउँछौ ।’

काबु बाहिरको परिस्थितीको कारण जनाउँदै बिल भुक्तानी गर्न नसकेपछि निजी क्षेत्रले प्राधिकरणलाई निशुल्क विद्युत उपलब्ध गराउनु पर्नेछ । समयमा भुक्तानी दिन नसकेको प्रति प्राधिकरणले प्रवर्ध्दकसमक्ष क्षमासमेत मागेको छ ।

लकडाउनपछि उद्योग, कलकारखाना, होटल, सरकारी तथा निजी कार्यालय बन्द हुँदा विद्युत माग आधा घटेको छ । खपत ह्वातै घट्दा रातको समयमा आफ्ना विद्युतगृहको उत्पादन बन्द गर्नुपर्ने अवस्था आउन लागेको प्राधिकरणले जानकारी दिइसकेको छ ।

भारतबाट आयात हुने विद्युत परिमाण पनि घटेको छ । बिहीबारदेखि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ५० मेगावाट मात्र विद्युत आयात भइरहेको छ । प्राधिकरणले अहिले आन्तरिक उत्पादनबाट नै देशभरको माग धानिरहेको छ ।

स्रोत ः ऊर्जा खबर
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago