भर्खरै

म्याग्दी खोला जलविद्युत आयोजनामा मलेसियन कम्पनीको १० अर्ब लगानी

  • प्रकाशित मिति : Wed-18-Mar-2020
  • - Admin
title

 
काठमाडौं, चैत । म्याग्दी जिल्लामा आयोजनास्थल रहेको ५७ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणमा मलेसियन कम्पनीले १० अर्ब लगानी गर्ने भएको छ । पछिल्ला दिनमा आर्थिक विकास र समृद्धिका उच्च स्थान हासिल गरेको मलेसियाको एक कम्पनीले नेपाली साझेदारसँगको सहकार्यमा लगानी गर्न लागेको हो ।
नेपाली कम्पनी हाइड्रो भिलेजले आयोजनामा मलेसियन कम्पनी भित्र्याउन लागेको हो । आयोजना निर्माण सम्बन्धी द्विपक्षीय सहकार्यमा गत शुक्रबार मलेसियाको राजधानी क्लालाम्पुरमा हस्ताक्षर भएको छ । मलेसियाको प्रख्यात कम्पनी सेर्बा दिनामिक होल्डिङ बेरहदको सहायक कम्पनी सेर्बा दिनामिक इन्टरनेशनल लिमिटेडले नेपाली कम्पनी हाइड्रो भिलेजसँग सहकार्य गर्ने सम्बन्धी समझदारी गरेको हो ।
 
सम्वद्ध कम्पनीले दिएको जानकारी अनुसार उनीहरुले ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने भएका छन् । प्राप्त विवरण अनुसार सहकार्य स्म्बन्धी समझदारीपत्रमा हाइड्रो भिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेल र मलेसियन कम्पनीका तर्फबाट इरमुद अब्दुल करिम बिन अब्दुल्लाहले हस्ताक्षर गरेको बताइएको छ । 
 
आयोजनाको कूल लागत १० अर्ब रुपैयाँ रहेको छ । आयोजनाको विद्युत् खरिद सम्बन्धी सम्झौतामा यसअघि नै हस्ताक्षर भइसकेको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोडने तयारी गरिएको छ । सो कम्पनीले जलविद्युत् आयोजना अध्ययन, खरिद, निर्माण, सञ्चालन तथा मर्मतलगायत इन्जिनियरिङ सेवा दिँदै आएको छ । सो आयोजनामा मलेसियन कम्पनीले हाइड्रो भिलेजमा पुँजी लगानी गर्ने तथा अध्ययन, निर्माण, सञ्चालन गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया