भर्खरै

जगदुल्ला आयोजनाको मुआब्जा वितरण सुरु

  • प्रकाशित मिति : Tue-17-Mar-2020
  • - Admin
title

 जाजरकोट, चैत ।  जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण सुरु भएको छ । जाजरकोटमा निर्माण हुन लागेको १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना  प्रभावित स्थानीयलाई  मुआब्जा वितरण सुरु भएको हो । 

आयोजना प्रमुख सञ्जय सापकोटाका अनुसार विद्युत उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण सुरु गरिएकोे  बताए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा  वितरण गर्ने र दोस्रो चरणमा चैत १४ गते काइगाउँमा वितरण गरिने आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।  
 
इल मा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी ५ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा पाउनेछन् । त्यस्तै, काइगाउँमा १ सय घरधुरीका १ सय ८७ रोपनी जग्गालाई प्रतिरोपनी ५ लाख १५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।  
आयोजनाको एक महिनाभित्र डिपिआरको प्रतिवेदन आउने प्रमुख सापकोटाले बताए । 
आयोजनाको विद्युत उत्पादनगृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्नेछ भने जगदुल्ला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २ सय ५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रूपमा निर्माण कार्य थालिएको आयोजना ६ वर्र्षिभत्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।
 
करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत् उत्पादनगृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको सय मिटर चौडाइ रहने जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको सय मिटर चौडाइ हुनेछ । डिपिआरको जिम्मा २७ करोडको लागतमा एनइए इन्जिनियरिङले लिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago