भर्खरै

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • प्रकाशित मिति : Tue-17-Mar-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,चैत ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
 
निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य घटाएको हो । 
 
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य घटाएको छ । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ ।
 
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले दुई साताअघि फागुन ६ गते पनि पेट्रोल र डिजेलको २/२ रुपैंया मूल्य घटाएको थियो ।

प्रतिक्रिया